प्रकृतिमैत्री र दीगो विकासले मात्रै मानवको स्तर बृद्धि सम्भव : बिकासमन्त्री पुन
नेपालबहस संवाददाता
पुस ३, २०७७ शुक्रबार १८:३६:३४
३ बर्ष, स्याङ्जा । प्रकृतिमैत्री र दीगो बिकासले मात्रै मानवको स्तर बृद्धि सम्भव हुने एक कार्यक्रमका बक्ताहरुले बताएकाछन् । गण्डकी प्रदेशको मानव विकास प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्ने बक्ताहरुले प्रकृतिमैत्री बिकास स्वतः दीगो हुने र दीगो बिकासले मात्रै मानव जीवनको स्तर बृद्धि सम्भव हुने बताएका हुन् ।
उनीहरुले प्रकृतिमा आधारित समाधानका बिभिन्न पक्षका बारेमा आआफ्ना धारणा राखेका थिए । मानव विकास प्रतिवेदन २०२० गण्डकी प्रदेशमा सार्वजनिक गर्दै सामाजिक बिकास मन्त्री नरदेबी पुनले पछाडि परेका समुदाय, जाती,बर्ग तथा क्षेत्रको विकास समानताका आधारमा गर्ने नीति प्रदेश सरकारको रहेको बताइन। उनले भनिन, ‘आवश्यक्ताका आधारमा गरिने बिकासले नै पछाडि परेको समूहको स्वतः पहूँच बृद्धि हुनेछ ।’
प्रदेश नीति तथा योजना आयोग, संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) नेपाल, गण्डकी बिश्वबिद्यालय र पोखरा बिश्वबिद्यालयको संयुक्त आयोजना अनलाइन प्रबृद्धिको प्रयोग गर्दै भजुअल रुपमा मानव विकास प्रतिवेदन २०२० सार्बजनिक गरिएको हो । प्रतिवेदनले संयुक्त परिवर्तनको लागि तीन मुख्य आयामलाई जोड दिएको छ । जसमा मानव असमानता हटाउन सामाजिक मुल्य मान्यता फेर्नुपर्ने, सहयोग र साझेदारीका कार्यक्रम बढाउनुपर्ने र प्रकृतिमा आधारित समाधान खोज्नुपर्ने वा प्रकृति अनुकलनका कार्यक्रम गर्नुपर्ने रहेको छ ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले भौतिक विकासले मात्रै नहुने भन्दै मानवीय विकासमा जोड दिनु पर्ने बताए । उनले भने, ‘दीगोपना र सहकार्ययुक्त प्रकृतिमैत्री बिकासले नेपालको गरीबी र असमानता हटाउन सकिनेछ ।’ उहाँले गण्डकी सहित सातवटै प्रदेशमा युएनडिपी नेपालले प्रतिवेदन सार्वजनिक गरेको जानकारी दिए ।
गण्डकी बिश्बिद्यालयका कुलपती प्राध्यापक डाक्टर गणेशमान गुरुङको अध्यक्षतामा भएको समूहगत छलफलमा वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँण र उद्योग बन बाताबरण तथा पर्यटन मन्त्रालयका सचिव डाक्टर महेश्वर ढकाल, सांसद डाक्टर पुष्पा केसी भण्डारी,पोखरा बिश्वबिद्यालयका उपकुलपति डाक्टर प्रेमनारायण अर्याल लगायतले छलफलमा भाग लिएका थिए ।
छलफलमा बोल्दै युनेस्कोका नेपाल प्रतिनिधी क्रिस्चियन म्यान हर्टले मानवबिकासको पहिलो र अति आवश्यक शर्त नै शिक्षा भएको बताए । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्माले प्रदेशले पुस्तान्तरण हुनेगरी दीगो बिकास गर्न शुरु गरेको बताए। उनले प्रदेशको श्रोतसाधनको प्रयोगमा समेत बिशेष ध्यान दिइ बातावरण मैत्री बनाउदै लगिने नीति अवलम्वन गरिएको बताए ।
युएनडिपीका बिकास अर्थशास्त्री यांकी युकेबले बिकास र अर्थतन्त्र सम्वन्धी आफ्नो भनाई राखे । गण्डकी प्रदेशको कार्यक्रम गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा गण्डकी प्रदेशसंगै सात वटै प्रदेशको सुचकांकमा सुधार आएको छ ।
प्रतिवेदनले नेपालीको प्रतिव्यक्ति आम्दानी गत वर्षभन्दा ५१ डलर बढेको देखाएको छ । गत वर्ष ८६० डलर रहेको प्रतिव्यक्ति आम्दानी चालु वर्ष सन् २०२० मा ९११ अमेरिकी डलर ९१ लाख ७ हजार रुपैंयाँ पुगेको उल्लेख छ । यो हिसाबले चालु वर्ष ५१ डलर अर्थात ६ हजार २३ रूपैया बढेकोे हो । लैंगिक विकास, लैंगिक असमानता र मानव विकास सूचकांकमा नेपाल दक्षिण एशियाका पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार