अनुदान हटाएर सहुलियत ऋण प्रवाह गर्छौ : मुख्यमन्त्री शाही
नेपालबहस संवाददाता
पुस ३, २०७७ शनिबार ३:५९:२९
३ पुष, सुर्खेत । कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय कर्णाली र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच आज भएको ‘समझदारी पत्रमा हस्ताक्षर’ कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अनुदान प्रणालीलाई न्यूनीकरण गरिने बताए । सरकारले प्रदान गरेको अनुदान दुरुपयोग भएको र यसले परनिर्भरतालाई प्रश्रय दिँदै आएको जिकिर गर्दै मुख्यमन्त्री शाहीले व्यावसायिक कृषकहरुलाई ऋण लिएर उत्पादनका काममा लाग्न आग्रह गरे ।
“कर्णालीमा आयात विस्थापन गर्न र यहाँ नागरिकका आम्दानी बढाउन प्रदेश सरकारले ब्याजमा अनुदान, सहुलियत ऋण कार्यक्रम शुरु गरेका छौं,” मुख्यमन्त्री शाहीले भने, “संघसंस्थाले देलान् र खाउँला भन्ने परनिर्भर सोच नपाल्नोस् ।” गर्ने इच्छाशक्ति भएका व्यावसायिक कृषकहरुका लागि सरकारले ब्याजमा अनुदान दिने कार्यक्रम शुरु गरेको उनको भनाइ थियो ।
कर्णालीमा सरकारी तथा गैर सरकारी संस्थाले परिचालन गरेको बजेट सदुपयोग नहुँदा यहाँका नागरिकहरुको जीवन त्यही अवस्था रहेको औँल्याउँदै मुख्यमन्त्री शाहीले सम्भावनाका क्षेत्रको पहिचान र श्रमप्रति विश्वासको वातावरण स्थापित गर्दै लैजानुपर्नेमा जोड दिए । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले ब्याजमा अनुदान कार्यक्रम मध्यम तथा ठूला व्यवसायीका लागि ल्याएको बताए । साना किसानका लागि सहुलियत कर्जा प्रवाह गर्ने नीति ल्याउने योजनामा रहेको मन्त्री केसीले जनाए ।
अहिले व्यावसायिक कृषकहरुका लागि रु सात करोड ब्याज अनुदान कार्यक्रम रहेको बताउँदै उनले भने, “सकेसम्म रु ५० हजारदेखि रु पाँच लाखसम्म ऋण लिने साना किसानका लागि स्थायी लेखा नम्बर पनि आवश्यक नहुने ढङ्गबाट सोच्दैछौं । सहकारीमार्फत सहुलियत कर्जा प्रवाह गर्छौँ ।” उहाँले पढ्न जागिरका लागि नभई व्यवसायका लागि हो भन्ने मान्यता स्थापित गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।
कृषि क्षेत्रमा मात्र नभई औद्योगिक क्षेत्रमा पनि ब्याज अनुदान तथा सहुलियत कर्जा प्रवाह गर्ने योजनाबाट अघि बढिएको जनाउँदै मन्त्री केसीले अब स्थानीय तहका बैंकसम्म पनि सरकारले समझदारी गरेर कृषकहरुलाई लगानीमा सहजीकरण गर्ने र उत्पादनमा वृद्धि ल्याउने जनाए । भूमि, सहकारी, पशुपालन र कृषिका माध्यमबाट यहाँका नागरिकहरुको जीवनस्तर माथि उकास्ने उनको भनाइ थियो ।
राष्ट्रिय वाणिज्य बैंक कर्णाली प्रदेशका प्रमुख किरणकुमार श्रेष्ठले नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको बैंकका कर्णालीका १० जिल्लामा २१ शाखा कार्यालय रहेको र सबै कार्यालयबाट कृषकका लागि ऋण प्रवाह गरिने बताए । “प्रदेश सरकारको प्राथमिकतामा हाम्रो स्रोत परिचालन हुन्छ,” प्रमुख श्रेष्ठले भने, “कर्जा प्रवाह गरेको क्षेत्रमा रोजगार, उत्पादन र उत्पादकत्व भने बढ्नुपर्छ ।”
नेपाल राष्ट्र बैंकका कर्णाली प्रदेश कार्यालय प्रमुख डा शालिकराम पोख्रेलले राष्ट्र बैंकले सबैलाई वित्तीय पहुँच र कर्जा प्रवाह होस् भन्ने नीतिगत व्यवस्था गरेको बताए । राष्ट्र बैंकले सबै बैंकहरुको नियमन र सुपरीवेक्षण गर्दै आएको जनाउँदै उनले उत्पादन र रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न सुझाए ।
मन्त्रालय र बैंकबीच भएको सम्झौतानुसार उद्यम गर्न चाहने व्यक्ति तथा फर्मलाई वार्षिक दुई प्रतिशत ९सस्तो० व्याजदरमा ऋण उपलब्ध हुने सचिव डा राजेन्द्रप्रसाद मिश्रले जनाए । मन्त्रालयका अनुसार ऋण लिएर उद्यम गर्ने व्यक्ति तथा फर्मले रु एक लाखको वार्षिक दुई हजार मात्रै व्याज तिर्नुपर्नेछ । ऋण लिँदा उनीहरुले धितो भने अनिवार्य राख्नुपर्नेछ ।
व्यवसायको प्रकृति र कार्ययोजनानुसार रु एक लाखदेखि रु एक करोडसम्म ऋण लिन सकिने सम्झौतामा उल्लेख छ । सम्झौता गरेको मितिदेखि एक वर्षसम्मका लागि दुवै पक्षबीच भएको समझदारी आवश्यकताका आधारमा नवीकरण गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
मंसिर ७, २०८१ शुक्रबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार