आँधीखोला गाँउपालिकाको नेकपामा पहिरो, दर्जनौं युवा नेपाली कांग्रेसमा प्रवेश
नेपालबहस संवाददाता
पुस ४, २०७७ शनिबार २०:६:३४
४ पुष, स्याङ्जा । नेकपाको सर्वसत्तावाद र भ्रष्ट्राचार देशब्यापी रुपमा मौलाउँदै गएपछि नेकपाकै दर्जनौं कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गर्न थालेका छन् । भ्रष्ट्राचार र कुशासनले जनताको ढुकुटी रित्तिँदै गएर दुख पाउन थालेपछि हिजो नेकपालाई भोट हालेर दुईतिहाई नजिकको सत्तामा पुर्याउने नेता तथा कार्यकर्ताहरु नै सबैभन्दा ऐतिहासिक र सच्चा लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस मात्र भएको भन्दै दिनहुँ दर्जनौं युवाहरुले नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्न थालेका हुन् ।
यही मेसोमा हिजो स्याङ्जाको आँधीखोला गाँउपालिका वडा नं. ५ का दर्जनौं युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस आँधीखोला गाँउ समितिको आयोजनामा हिजो सम्पन्न पार्टी प्रवेश कार्यक्रममा संविधानसभा सदस्य राजु थापाले नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गर्नेहरुलाई एक भव्य कार्यक्रमका बीच कांग्रेसको सदस्यता वितरण गरेका छन् ।
आँधीखोला गाँउपालिकाका सभापति नारायण शास्त्रीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नवप्रवेशीलाई सोही पालिकाका अध्यक्षका प्रत्यासी प्रदीप पौडेलले खाँदा ओढाएर स्वागत गरेका थिए भने सभापति शास्त्रीले नामावली र रसिद उपलब्ध गराएका थिए ।
नेकपा परित्याग गर्नेहरुमा आँधीखोला वडा नं. ५ का दीपेन्द्र रानाभाट, हिमाल नेपाली, श्याम नेपाली, सञ्जय शर्मा, सागर नेपाली, कुमार रानाभाट, सन्तोस नेपाली, ईश्वर रानाभाट, राजेश नेपाली, यामबहादुर नेपाली, भोजबहादुर नेपाली लगायत दर्जनौं रहेका छन् ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति तुल्सी गिरि, महासमिती सदस्य प्रेम पौडेल पुर्व क्षेत्रीय सभापति गोपाल ढकाल, शिक्षक संघका केन्द्रिय उपाध्यक्ष भरत लम्साल, केन्द्रिय विभागका सदस्य भरतराज शर्मा, विदेश जनसम्पर्क विभागका केन्द्रिय सदस्य जगदीश पौडेल सहभागी थिए ।
त्यसैगरि लोकतान्त्रिक बुद्धिजीवी संघका केन्द्रिय सदस्य बद्री पौडेल, नेबिसंघका पुर्व केस दीपेन्द्र खड्का, तरुण दल आँधीखोला गाँउपालिकाका अध्यक्ष चन्द्रबहादुर गुरुङ्ग, पुर्व जिशिअ नरेन्द्र पौडेल, वडाका प्रत्यासी थानेश्वर पौडेल, स्थानीय टोल समितिका सभापति बिष्णु पौडेल, नेकाका सक्रिय सदस्य गुरुदत्त शर्मा, जय, नवराज ईन्द्र लगायत थुप्रै लोकतन्त्रवादीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार