कोदालोको पासो प्रहारबाट गयो नाबालकको ज्यान, हत्यारा प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
पुस ४, २०७७ शनिबार २१:१६:३६
४ पुष, स्याङ्जा । हरिनास गाउँपालिका ५ आग्रीडाँडामा एक नाबालकको कुटाईबाट मृत्यु भएको छ । ३६ बर्षिय रेशमबहादुर राना मगरले जाँडको तालमा कोदालोको पासोले प्रहार गर्दा सोही ठाँउका १४ बर्षिय बालक शेरबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले नेपालबहसलाई दिएको जानकारी अनुसार प्रहरी घटनास्थल पुगी हत्यारालाई नियन्त्रणमा लिईसकेको छ ।
ईलाका प्रहरी कार्यालय मग्याचिसापानीबाट असईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगीसकेकोले स्थिति नियन्त्रणमा रहेको उनले जनाए ।जिल्लाबाट ईन्सपेक्टरको नेतृत्वमा थप टोली पठाइसकिएको बताउँदे अधिकारीले भने, “घटना किन र कसरी भयो भन्ने बारे बिस्तृत अनुसन्धानपछि मात्र थाहा हुनेछ ।”
प्रहरीसँगको प्रारम्भिक बयानमा हत्यारा राना मगरले आफुले के सुरमा हाने भन्ने नै थाहा नभएको बयान दिएका छन् । यसअघि पनि सोही गाउँका युवाहरु र हरिनाश ६ हटियाका युवाहरुको क्याक्मी बलिकोटमा झडप हुँदा आग्रीडाँडाका एक युवाको घट्नास्थलमै मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार