सर्जकका रचनाले मुलुक परिवर्तनमा भूमिका खेल्नुपर्छ :मुख्यमन्त्री पौडेल
नेपालबहस संवाददाता
पुस ४, २०७७ शनिबार २१:५०:५०
४ पुष, भरतपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्जकका रचनाले मुलुकको परिवर्तन र समृद्धिका लागि भूमिका खेल्नुपर्ने बताएका छन् । चितवनको नारायणगढमा गीतकार संघ नेपालको आठौँ स्रष्टा सम्मान तथा दशौँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले मुलुक परिवर्तन गर्ने दायित्व सबैको काँधमा आएको बताए ।
“परिवर्तनका लागि जनतामा गीत–सङ्गीत र रचनाले जुन छाप छोड्छ भाषणले छाड्दैन”, उनले भने, “देशमा ठूला परिवर्तनका लागि गीत–सङ्गीतले महत्वपूर्ण भूमिका खेलेको छ ।” राष्ट्र निर्माणमा गीतकार, सङ्गीतकार, कलाकार सबैको ध्यान केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड छ । “कलममा भएको शक्ति अरु केहीमा छैन, यसले सिङ्गो मुलुकलाई परिवर्तन गर्न सक्छ”, उनले भने । हरेक कुरामा नकरात्मक नभई सकरात्मक सोचका साथ मुलुक परिवर्तन गर्ने दायित्व हामी सबैको भएको उनले बताए ।
मुख्यमन्त्री पौडेलले देशमा व्यवस्था परिवर्तन भए पनि आचरणमा परिवर्तन ल्याउन नसकेको बताए । देशमा जुनसुकै तन्त्र आए पनि नागरिकले अनुभूत गर्ने खालको परिवर्तन हुनुपर्ने भन्दै उनले सबैको कार्यशैली परिवर्तन हुनुपर्नेमा जोड दिए। “देशमा राज्य व्यवस्था फरक हुँदैमा केही हुँदैन”, उनले भने, “परिवर्तनका लागि सकरात्मक सोचको विकास गरौँ ।” नेपाली गीत सङ्गीत, भाषा, संस्कृतिको संरक्षण र उत्थान गर्नुपर्नेमा उनको जोड छ । नेपाली लोकसङ्गीत नसुन्ने अहिले गाउँदै हिँड्न थालेका मुख्यन्त्री पौडेलले बताए ।
कार्यक्रममा यस वर्षको राष्ट्रिय स्रष्टा सम्मानबाट गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनलाई सम्मान गरिएको थियो । उनलाई मुख्यमन्त्री पौडेलले नगद रु एक लाख ५१ हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरे। सो अवसरमा बोल्दै गीतकार नन्दनले सम्मानित हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताए। उनले पुरस्कार सम्पूर्ण साहित्य जगत्लाई प्रदान गरेको अनुभूत आफूले गरेको बताए। यस्तै यस वर्षको उत्कृष्ट गीतकारका रूपमा महेश आचार्य र डायस्पोरा सम्मान अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको छ । कार्यक्रम गीतकार संंघका अध्यक्ष चुणामणि देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार