सर्वोच्च बारको नयाँ पदाधिकारी मत गणना शुरु
नेपालबहस संवाददाता
पुस ४, २०७७ शनिबार २३:३९:३२
४ पुष, काठमाडौं । सर्वोच्व अदालत बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न भई मतगणना शुरु भएको छ । प्रमुख निर्वाचन अधिृकत राजु खड्काका अनुसार सर्वोच्च अदालत परिसरमा आयोजना गरेको सर्वोच्च बारको निर्वाचनमा मतदान सकिएर मतगणना शुरु गरिएको छ । मतगणनाको आजै नतिजा आउने छ ।
निर्वाचनमा प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी ‘मधेशी, आदिवासी र जनजाती’ पेशागत कानून व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन् ।
प्रगतिशील समूहमा उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव अञ्जिता खनाल, सहसचिव शोभा कार्की, कोषाध्यक्ष श्यामकुमार खत्री, महिला सदस्यमा देवी रेग्मी रहेका छन् त्यस्तै, खुल्ला सदस्यहरुमा अधिवक्ताहरु कृष्णप्रसाद न्यौपाने, अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, रमेशराज शर्मा सिग्देल, छविराल घिमिरे, लेखनाथ भट्टराई र दिलकमारी राई रहेका छन् ।
त्यस्तै, प्रजातान्त्रिक समूहमा उपाध्यक्ष नवराज रिजाल, सचिव ऋषिराम घिमिरे, सहसचिव शर्मिला श्रेष्ठ, कोषाध्यक्ष विनोदकुमार कार्की, महिला सदस्य अमिता गौतम पौडेल रहेका छन् । सदस्यहरुमा विजयकुमार प्रधान, ज्योतिदेव पनेरु, ओमकृष्ण श्रेष्ठ, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, खडानन्द कँडेल, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी र निर्मला भण्डारी रहेका छन् ।
सर्वोच्च बारको सदस्यका हुनका लागि कम्तीमा १० वर्ष कानून व्यवसायीका रुपमा काम गरेको हुनुपर्दछ । सर्वोच्च अदालतबाट कम्तीमा सातवटा फैसला भएको व्यवस्था रहेको छ । उक्त बारमा सदस्य जम्मा ६०५ जना कानूनी व्यवसायी मतदान गर्दै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार