चेपाङ परिवारका ८० बालबालिकालाई न्यानो कपडा वितरण
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार १४:५५:१२
५ पुष ,भरतपुर । चितवन माडीका सुकुम्वासी चेपाङ परिवारका ८० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार माडी नगरपालिका–९ स्थित राईडाँडामा कृष्णनगर माध्यमिक विद्यालयमा पढ्ने उनीहरुलाई कपडा वितरण गरिएको हो ।
जाडोमा बालबालिकालाई विद्यालय जान समस्या परेपछि बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा न्यानो कपडा वितरण गरिएको समन्वय र सहजीकरण गरेका सञ्चारकर्मी नारायण सापकोटाले जानकारी दिए । सो अवसरमा माडी नगरपालिकाका उपप्रमुख ताराकाजी महतोले जाडोमा सुकुम्वासी परिवारका बालबालिकालाई परेको समस्यामा सहयोग गर्नेहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै न्यानो कपडा पाएपछि विद्यार्थीलाई विद्यालय जान सहयोग हुने बताए ।
कार्यक्रममा माडी नगरपालिका प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष शिवहरि सुवेदीले सुकुम्वासी चेपाङ परिवारका बालबालिकाको शैक्षिक विकासमा सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार