पुष १३ सम्म कायम शेयरधनीले लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश पाउने
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार २३:३०:३
५ पुष, काठमाडौं । पुष १३ सम्म कायम शेयरधनीले लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश पाउने भएका छन् । लुम्बिनी विकास बैंक लिमिटेडले १३ औं वार्षिक साधारणसभा यही पुष २६ गतेका लागि आयोजना गरेको छ । बैंकको केन्द्रिय कार्यालय, डिल्लीबजारमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना हुने भएको छ ।
कोरोनाभाइरस जोखिमका बीच हुनलागेको साधारणसभामा नेपाल सरकारले तोकेको सीमाभित्र मात्र शेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने बैंकले जनाएको छ । बाँकी शेयरधनीहरुको उपस्थितिका लागि भर्चुअल माध्यमको व्यवस्था मिलाइएको जनाएको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने रकम १९ करोड १ लाख ४१ हजार ८२१ रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने रकम ८ करोड १४ लाख ८९ हजार ३५१ रुपैयाँ ८६ पैसा बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालको लागि नयाँ सञ्चालक केशव खतिवडा नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
बैंकले पुस १४ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने १० प्रतिशत लाभांश राष्ट्र बैंकले स्वीकृति दिएपश्चात प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार