एनसीसी बैंकको लाभांशमा गत वर्ष भन्दा ५ प्रतिशतले गिरावट
नेपालबहस संवाददाता
पुस ५, २०७७ सोमबार १:२९:४५
५ पुष, काठमाडौं । एनसीसी बैंक लिमिटेडले आ.व. २०७६/७७को मुनाफाबाट १०.८० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको गत पुष ३ गते साँझ ४ बजे बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०.२६९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
अघिल्लो वर्ष एनसीसी १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश गरी १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले यसपटक ९६ करोड ५ लाख ९९ हजार ७३५ रुपैयाँ बराबरको बोनस शेयर बाँड्नेछ । यस्तै, कर प्रयोजनमा ५ करोड ५ लाख ५७ हजार ८८१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिने कम्पनी सचिव कपिल ज्ञवालीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार