इनभेष्टमेन्ट बैंकको लाभांश निरन्तर घट्दो क्रममा, १३ प्रतिशत बोनस प्रस्ताव
नेपालबहस संवाददाता
पुस ५, २०७७ सोमबार १:४९:३५
५ पुष, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले वितरण गर्ने लाभांश निरन्तर घट्दै गएको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकको आज बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र कर सहित साढे पाँच प्रतिशत नगद लाभांश गरी कुल साढे १८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
बैंकले यसपटक १ अर्ब ८५ करोड २३ लाख ६४ हजार ८५ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ७८ करोड ३६ लाख ९२ हजार ४९८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । आ.व. २०७५/७६ मा बैंकले १०.५ प्रतिशत बोनस शेयर र ८.५५ नगद लाभांश गरी १९ प्रतिशत लाभांश वितरण गरेको भने आ.व. २०७४/७५मा ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार
अनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार