प्राइम बैंकको लाभांशमा पनि गिरावट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार २०:४:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/prime-commercial_HqeuaGtQrI.jpg)
६ पुष, काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले शेयरधनीलाई आर्थिक वर्ष २०७३/७४ मा २७ प्रतिशत बोनस शेयर दिएको थियो । त्यस पछि लगातार आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ मा १६ प्रतिशत बोनश शेयर दिएको थियो । यस वर्ष बैंकले दिने लाभंशमा गिरावट आएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने रकम २ अर्ब ९ करोड ७७ लाख ८७ हजार ४२५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।
पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको ४११ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरी सो लाभांश शेयरधनीहरुलाई वितरण गर्ने छ । हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०० रुपैयाँ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाछापुच्छ्रे् बैंकको मोबाइल बैंकिङ प्लेटफर्ममार्फत एनसेल रिर्चाज गर्न पाइने
असार ९, २०८१ आइतबार
आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
असार ७, २०८१ शुक्रबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
स्वस्तिमा र सम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार