शिवालय माविको शिक्षक-अभिभावक संघमा रामचन्द्र ओझा
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार ११:१४:८
७ पुष, पोखरा । कास्कीको रुपा गाउँपालिका वडा नं. २, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको शिक्षक(अभिभावक सङ्घको अध्यक्षमा रामचन्द्र ओझा सर्वसम्मत चयन भएका छन् । संघका सदस्यहरुमा काजीमान सुर्खाली, मीना परियार, नवराज सुवेदी, सपना आले मगर, वसन्त थापा मगर, कालिका ओझा र दीपा ओझा चयन भएका छन् ।
संघमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदी पदेन सदस्य तथा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी पदेन सदस्य सचिव रहेका छन् भने शिक्षक प्रतिनिधि शान्ता तिमल्सेना चयन भएकी छिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्दिप पौडेलले शिवालय माविले हरेक क्षेत्रमा मार्दै गएको फड्कोमा नयाँ शिक्षक-अभिभावक संघले थप टेवा दिने विश्वास व्यक्त गरे ।
शिक्षक-अभिभावक संघले विद्यालयको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान गर्न सक्ने उल्लेख गर्दै बेकामे समितिजस्तो भएर नबस्न पौडेलले नवगठित समितिलाई आग्रह गरे । कोभिड-१९ का कारण हरेक क्षेत्र थला परिरहेको अवस्थामा पनि शिवालयले भौतिक तथा शैक्षिक क्षेत्रमा देखाएको सक्रियताको प्रशंसा गर्दै उनले गाउँपालिकाको शिक्षा शाखाका तर्फबाट शैक्षिक उन्नयनका लागि जुनसुकै सहयोग गर्न तयार रहेको अभिव्यक्ति दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीले वर्तमान विद्यालय व्यवस्थापन समिति समयानुकूल विद्यालयको विकास गर्ने अभियानमा जुटेको भन्दै शिक्षक-अभिभावक संघको सहयोगी भूमिका रहने विश्वास व्यक्त गरे । उनले आवश्यक ठाउँमा नेतृत्वसमेत लिँदै विद्यालयको चौतर्फी विकासका लागि निगरानी र सक्रियतापूर्वक अघि बढ्न सम्पूर्ण अभिभावकहरुलाई आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले कोभिडको महामारीका बिचमा पनि स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठनसँगै भौतिक कार्यहरु पनि अघि बढिरहेको जानकारी दिए । कार्यक्रमको सञ्चालन शिक्षक प्रतिनिधि जयराम सुवेदीले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार