निर्माणाधीन गल्फागाडमा बेलिब्रिज : चैतसम्म सवारी साधन चल्ने
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार १३:४३:२०
७ पुष, सिमकोट । लामो समयको लकडाउनका कारण रोकिएको निर्माणाधीन गल्फगाड बेलिब्रिज जडानको काम सम्पन्न भएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा रहेको गल्फागाड बेलिबिज्र गत वर्ष माघदेखि शुरु भएको थियो भने नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदलले गत शुक्रबार सम्पन्न गरेको हो ।
गल्फागाडमा बेलिब्रिज जडान सम्पन्न भए पनि सवारी साधन तत्काल सञ्चालनमा नआउने भएका छन् । जडान सकिए पनि बेलिब्रिजको दुवैपट्टि रेम बनाउन करिब दुई हप्तादेखि एक महिनासम्म लाग्न सक्ने भएकाले सवारी साधन सञ्चालन नआउने भएका हुन् ।
तीन दिनको समय लगाएर गल्फागाडको बेलिब्रिज जडान गरिएको छ । गल्फागाडको पुल निमार्ण सम्पन्न भएसँगै सर्केगाड गाउँपालिका, मुगुलगायत तुम्च वालुकुनासम्म जान सहज हुने भएको छ । यसभन्दा अघि गल्फागाडको खोला भएर यातायातका साधन तारिँदै आइएको थियो भने अबको केही दिनमा गल्फागाड पुलबाटै आवतजावत गर्ने भएको हुँदा यहाँका स्थानीयवासीसहित सवारी साधनका चालक खुशी भएका छन् ।
तुम्चाको वालुकुनासम्म औपचारिक सवारी सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ । नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख मिलन कार्कीले भने, “प्रक्रिया अघि बढेकाले अब माथिबाट पत्र आउन मात्र बाँकी छ, गत मङ्सिर २६ गते भएको अनुगमनको प्रतिवेदन रक्षा मन्त्रालय हुँदै नेपाली सेनाको मुख्यालयमा पुगिसकेको र स्वीकृत भएर आउन मात्र बाँकी रहेको छ । अब हप्ता, दश दिनभित्र स्वीकृत भएर आउनेछ ।”
कर्णाली करिडोरको ९० प्रतिशत काम
यस्तै नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हुम्ला सडकखण्डको आफूले जिम्मा लिएको काम ९० प्रतिशत सम्पन्न गरेको जानकारी दिएको छ । आगामी चैत महिनासम्म सवारी साधन सञ्चालनमा ल्याउनका लागि नेपाली सेना लागिपरेको छ । मेसिन र कामदारबाट सडक निर्माण भइरहेकाले आउँदो चैतसम्ममा यो सडकखण्डमा सवारी साधन सञ्चालन हुने नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख कार्कीले बताए ।
सेनाले निर्माण गरिरहेको बाजुरा र हुम्लाको सीमा कवाडीबाट सर्केगाड र चखेली गाउँपालिकाको सीमा सलिसल्लासम्म चैतसम्ममा सवारी साधन चलाउनयोग्य बनाउने उनले जानकारी दिए । कवाडीबाट सलिसल्लासम्मको ३९ किलोमिटर सडकमध्ये ताजाकोट गाउँपालिकाको कवाडीबाट सर्केगाड गाउँपालिका–१ बालुकुनासम्मको २७ किलोमिटर सडक सवारी साधन चलाउन सकिने भएको छ । सवारी साधन सञ्चालन गर्न सिफारिससमेत भइसकेको छ ।
बालुकुनाबाट सर्केगाड–१ खच्चासम्मको साढे नौ किलोमिटर सडकमा सामान ढुवानी गर्ने र सेनाको गाडी चलिरहेका छन् । बाँकी साढे दुई किलोमिटर क्षेत्रमा मात्र सडक निर्माण पूरा भएको छैन । नेरघाट, पम्पडे र सलिसल्लाको चट्टानी भागको साढे दुई किलोमिटर भाग मात्र बाँकी रहेको सेनाको निर्माण दलले जनाएको छ । सो क्षेत्रमा पनि काम भइरहेको छ ।
सडक निर्माणमा दैनिक नेपाली सेनाका ९० र अन्य २०० कामदार संलग्न छन् । ग्याबिन लगाउने, माटो भर्ने, सिमेन्टको काम र विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फुटाउने काम एकसाथ अगाडि बढिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार