कांग्रेसले सरकार र कम्युनिष्टसँग सहकार्य गर्दैन :–डा. शेखर कोईराला
नेपालबहस संवाददाता
पुस ८, २०७७ बुधबार २३:४०:३६
८ पुष, झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस पार्टीका भावी सभापतिका दाबेदार डा. शेखर कोईरालाले कम्युनिष्ट नामका राजनैतिक दलहरुसँग कुनै प्रकारको राजनैतिक समिकरण नगरिने कुरा बताएका छन् ।
संचारमाध्यामसँगको कुराकानीमा नेता कोईरालाले वर्तमान राजनैतिक परिदृष्यहरुलाई नेपाली कांग्रेसले अत्यन्तै नजिकबाट नियाली रहेको, अत्यन्तै सुक्ष्म तवरले अध्ययन गरिरहेको र अत्यन्तै चनोखो भएर अगाडि बढने कुरामा जोड दिएका थिए । उनले अबको बिषम राजनैतिक परिवेशमा मुलुक र सिंगो लोकतन्त्रको हितमा नेपाली कांग्रेसले दर्बिलो कदम चाल्ने समेत संकेत गरेका छन् ।
डा. कोईरालाले नेपाली कांग्रेसले देशमा उत्पन्न पछिल्ला राजनैतिक घटनाक्रामहरु र त्यसबाट उत्पन्न हुनसक्ने भावी परिस्थितिहरुलाई अत्यन्तै गम्भिरताका साथ लिइरहेको बताउँदै अब देशको बदलिंदो राजनैतिक परिस्थितिमा कसरी अगाडि बढने भन्ने कुराको निक्र्यौल अहिले चलिरहेको केन्द्रीय समितिको बैठकले निकाल्ने र सोही अनुरुप भावी कार्ययोजना सार्वजनिक गरिने समेत प्रष्ट पारेका छन् ।
नेता कोईरालाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम संविधान विपरित भएको बताउँदै उनले त्यसका बिरुद्धमा कांग्रेसले सडकबाट सशक्त बिरोध गर्ने समेत बताएका छन् । कोईरालाले अब कांग्रेसले लोकतन्त्रको रक्षाका लागि एक्लै संघर्ष गर्नुपर्ने बेला आएको बताए । कांग्रेसले अब देशमा बिद्यामान रहेका विकृति र विसंगति लगायत सरकारका असंंबैधानिक कदमहरुको डटेर बिरोध गर्ने समेत प्रष्ट पारेका छन् ।
नेपाली कांग्रेस आफ्नाे स्थापनाकालदेखि नै सँधैं लोकतान्त्रिक विचारधाराको पक्षमा उभिएको, लोकतान्त्रिक विचारधाराको जगमा अडिएको र लोकतान्त्रि विचारधाराको संरक्षक समेत रहेकोले मुलुकमा जुनसुकै र जहिलेसुकै हुने निर्वाचनबाट भागेर पछि नहटने दृढता समेत व्यक्त गरेका छन् । उनले वर्तमान ओली ननेतृत्वको सरकारको संसद विघटन र निर्वाचन घोषणा कदम गलत भएको बताए । सरकारको यो असंवैधानिक कदमको हामी खिलाफमा छौं । तर संबैधानिक ईजलासको निर्णय आई सकेपछि मुलुक निर्वाचनमा जाने अवस्था आयो भने नेपाली कांग्रेस पछि हटदैन ।
कोईरालाले पुपष्कमल दाहाल प्रचण्डले चुनावी सहकार्यका लागि गरेको अनुरोधका प्रसंगमा भने कम्यूनिष्टहरुसँग अब तालमेल नगर्ने स्पष्ट पार्दै विगतका कमी कमजोरीहरुको मुल्यांकन गर्दै अघि बढनेसमेत बताएका छन् । नेपाली कांग्रेसले अब कम्यूनिष्टहरुसँग सहकार्य गर्दैन ।लोकतन्त्रको रक्षाको लागि कांग्रेस अब एक्लै उभिन्छ । कांग्रेस सरकारमा पनि जादैन निर्वाचनमा पनि कम्यूनिष्टहरुसँग सहकार्य गर्दैन ।
वर्तमान प्रधानमन्त्रीको पछिल्लो कदमले मुलुकलाई अस्थिरता तर्फ धकेलेको कुरामा चिन्ता व्यक्त गर्दै उनले वर्तमान राजनैतिक परिस्थितिलाई समयमै सही तरिकाले व्यवस्थापन गर्न नसक्ने हो भने मुलुक पुनः द्वन्दमा जानसक्ने र यसले मुलुकमा ठूलो राजनैतिक अस्थिरता निम्त्याउन सक्ने भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार