एनएमबीले पुष २९ गते बाेलायाे साधारणसभा, पुस १५ गतेसम्म शेयर खरिद गर्नेलाई लाभांश
नेपालबहस संवाददाता
पुस ८, २०७७ बिहिबार १:६:४०
८ पुष, काठमाडौं । एनएमबी बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले सभामा गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत गरी ३.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ ।
बैंकले अधिकृत पुँजी १६ अर्ब रुपैयाँबाट बढाएर २० अर्ब रुपैयाँ पुर्याउने याेजना पनि प्रस्तुत गर्ने तयारी गरेको छ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
साथै, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव छ । सभा कृष्णटावर नयाँ वानेश्वर, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा भर्चुअल माध्यमबाट पनि सहभागी हुनसक्ने गरी लगानीकर्तालाई मिटिङको आइडी र पासवर्ड प्रदान गरिने बैंकले जनाएको छ ।
सभा प्रयोजनका लागि पुस १६ बुक क्लोज हुने भएकाले पुस १५ गतेसम्म कायम रहने शेयरधनी मात्र प्रस्तावित लाभांश पाउने छन् । हाल एनएमबीको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार ९६६.९६ रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२.६६ रुपैयाँ पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा
असोज ११, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत शेयर धितो कर्जा लिन मिल्ने
असोज ११, २०८१ शुक्रबार
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशतसम्म छुट
असोज ९, २०८१ बुधबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार