पुष २९ मा सेञ्चुरी बैंकले बोलायो दुई वर्षको एकैपटक साधारणसभा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ८, २०७७ बिहिबार १:३७:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/century-commercial-bank-1_B8PwtwTV3V.jpg)
८ पुष, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले दुई वर्षको साधारणसभा एकैपटक बोलाएको छ । कोरोना महामारीका कारण रोकिएको आर्थिक वर्ष २०७५/७६ (नवौं) र आर्थिक वर्ष २०७६/७७ (दशौं) वार्षिक साधारणसभा गर्न एकै पटक बोलाएको हो ।
बैंकले पुष २९ गते दुवै आर्थिक वर्षको साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजेदेखि सुरु गर्ने जनाएको छ ।
सेन्चुरीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभा २०७६ चैत १२ गते बोलाएको भएपनि कोभिड महामारीका कारण स्थगित भएको थियो । उक्त आर्थिक वर्षको नाफाबाट प्रस्तावित २ प्रतिशत बोनस शेयर र ४.७५५ नगद लाभांश पारित गर्न सभामा लैजाने छ ।
उक्त वार्षिक साधारण सभाका लागि २०७६ फागुन ३० गते नै बुक क्लोज भइसकेको छ । फागुन २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आव २०७५/७६ को लाभांश पाउनेछन् ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित २.२५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ । बैंकले आ.व. २०७५/७६ को वितरण हुन बाँकी २ प्रतिशत अर्थात १६ करोड ८३ लाख रुपैयाँ बराबरको बोनस समेत गरी कायम ८ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश दिन लागेको हो ।
दशौं वार्षिक साधारण सभाका लागि बैंकले पुस १६ गते बुक क्लोज गर्नेछ । यसर्थ, पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र गत वर्षको लाभांश पाउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाछापुच्छ्रे् बैंकको मोबाइल बैंकिङ प्लेटफर्ममार्फत एनसेल रिर्चाज गर्न पाइने
असार ९, २०८१ आइतबार
आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
असार ७, २०८१ शुक्रबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार