पुष १४ सम्म कायम शेयरधनीले ग्लोबल आइएमईको प्रस्तावित लाभांश पाउने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ८, २०७७ बिहिबार २:३:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/GIBL-logo_AYwsq0Rsck.jpg)
८ पुष, काठमाडौं । पुष १४ सम्म कायम शेयरधनीले ग्लोबल आइएमईको प्रस्तावित लाभांश पाउने भएका छन् । साधारण सभा प्रयोजनका लागि पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज हुनेछ । सोही कारण पुस १४ गतेसम्म कायम रहने शेयरधनी मात्र प्रस्तावित लाभांश पाउने भएका हुन् ।
ग्लोबल आइएमई बैंक लिमिटेडले पुस २९ गते १४ औं वार्षिक साधारण सभा गर्ने जनाएको छ । बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । आर्थिक वर्ष २०७५/७६ मा २५.५० प्रतिशत लाभांश वितरण गरेको बैंकको यस वर्ष लाभांशमा गिरावट आएको छ ।
बैंकले संस्थापक शेयरधनी समूहबाट ३ जना र सर्वसाधारण शेयरधनी समूहबाट पनि ३ जना नै गरी कुल ६ जना सञ्चालकहरुको निर्वाचन पनि गर्ने भएको छ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । साथै, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव छ । सभा बैंकको रजिष्टर्ड कार्यालय, कमलादी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने बैंकले जानकारी गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाछापुच्छ्रे् बैंकको मोबाइल बैंकिङ प्लेटफर्ममार्फत एनसेल रिर्चाज गर्न पाइने
असार ९, २०८१ आइतबार
आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
असार ७, २०८१ शुक्रबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार