साफा अवार्ड–२०१९ बाट नेपाल क्लियरिङ हाउस सम्मानित
नेपालबहस संवाददाता
पुस ९, २०७७ बिहिबार १७:२७:४७
९ पुष, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) लाई South Asian Federation of Accountants Awards (SAFA) २०१९ का लागि सार्वजनिक क्षेत्रको विधा अन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपको रूपमा सम्मानित गरिएको छ ।
एनसीएचएलले आ व २०७५/७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदन र यसको वित्तीय र कर्पोरेट गभर्नन्ससँग सम्बन्धित मुल्यान्कनको आधारमा सो पुरष्कार प्रदान गरिएको हो । उक्त पुरस्कार आज SAFA द्वारा हस्तान्तरण गरिएको थियो जुन श्रीलंकाको इन्स्टिच्युट अफ चार्टर्ड एकाउटेन्ट्स (सीए श्रीलंका) द्वारा आयोजित भर्चुअल कार्यक्रममा हस्ताक्षर गरिएको थियो ।
यस वर्ष Institutes of Chartered Accountants of Nepal (आईक्यान) द्वारा आयोजना गरिएको आईक्यान Best Presented Award (BPA) २०१९ मा पहिलो स्थान पाए पश्चात एनसीएचएलको केस आईक्यानले SAFA मा पठाएको थियो । एनसीएचएल गत बर्ष पनि SAFA द्वारा मेरिट सर्टिफिकेटको साथ पुरस्कृत भएको थियो र यस बर्ष दोस्रो रनर अप भएर आफ्नोे प्रदर्शनमा सुधार ल्याएको छ ।
कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुद्वारा प्रवद्र्धित कम्पनी हो । सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ । एनसीएचएलले हरेक वर्ष पारदर्शि, रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तिय डिस्क्लोजर तर्पmको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।
नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी एनसीएचएलको NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS, National Payments Interface (NPI) र CORPORATEPAY प्रणाली सञ्चालनमा रहेका छन् । साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाहरू वाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार