सुन काण्डकाे समाचार भ्रमपूर्ण भयो : महालक्ष्मी विकास बैंक
नेपालबहस संवाददाता
पुस १०, २०७७ शुक्रबार २३:२७:४७
१० पुष, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बैंकको कुमारीपाटी शाखाबाट सुन धितो कर्जा सम्बन्धमा समाचारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकको कुमारीपाटी, ललितपुर शाखाको सुनजाँचकी पदमा कार्यरत कर्मचारी बैंकको सेवा समाप्त हुने भई बैंकले अर्को सुनजाँचकी खटाई निजहरुका बीचमा बरबुझारथको कार्य हुँदा विभिन्न सुन कर्जामा कैफियत देखिन गएको बैंकले जनाएको छ । त्यस्ता कैफियत देखिएका कर्जाका सम्वन्धमा तत्कालिन सुनजाँचकीले सम्पूर्ण जिम्मेवारी लिंदै बैंक समक्ष निवेदन दिएको थियो ।
त्यस बारेमा बैंकले आन्तरिक छानविन समिति गठन गरी छानबिन गर्दा तत्कालीन सुनजाँचकी र सुन धितोराखी कर्जा लिने ऋणी समेतको मिलेमतोबाट कैफियत हुन गएको तथ्य छानविन प्रतिवेदनबाट देखिएको बैंकले जनाएको छ ।
बैंकले तत्कालिन सुन जाँचकी र ऋणीहरुका विरुद्धमा अनुसन्धान तथा तहकीकात गरी बैंकको हानी नोक्सानी गराएको विगो असुल उपर गरी पाउन प्रहरी प्रधान कार्यालय, केन्दि«य अनुसन्धान ब्यूरोमा जाहेरी दरखास्त दिई उक्त ब्यूरोबाट सत्यतथ्यको बारेमा छानविन भई रहेको ब्यहोरा बैंकले जानकारी दिएको छ ।
उक्त प्रकरण अनुसन्धानको क्रममा नै रहेकोमा अनुसन्धानलाई प्रभाव पर्न सक्ने गरी विभिन्न अनलाईन तथा पत्रपत्रिकाहरुमा समाचार आएको बैंकले जनाएको छ । बैंकमा कार्यरत कर्मचारीहरु तथा पूर्व कर्मचारीहरु समेतका सम्वन्धमा गलत समाचारहरु संम्प्रेशण भई रहेकोमा यसप्रकारको गलत समाचारहरु प्रति दुःख ब्यक्त गर्दै निष्पक्ष अनुसन्धान तथा छानविनको कार्यलाई प्रभाव पर्न सक्ने किसिमका कुनैपनि तथ्य विपरितका समाचार प्रकाशन र प्रसारण नगरीदिन बैंकले अनुरोध गरेको छ ।
निक्षेकर्ता तथा शेयरधनीको हकहितलाई ध्यानमा राखी बैंकिङ्ग कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ बमोजिम बैंकले उक्त घटनाको बारेमा केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिई छानबिन गर्न अनुरोध गरे बमोजिम नै ब्यूरोबाट छानविन प्रकृया शुरु गरेको अवस्थामा सर्वसाधारण जनमानसमा नकारात्मक प्रभाव पर्ने गरी भ्रामक समाचारहरु संप्रेषण नगरिदिन बैंकले अपिल गरेको हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘महालक्ष्मी साहित्य पुरस्कार’ महाकाव्यकार अर्याललाई प्रदान
असोज ७, २०८१ सोमबार
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त
असोज १, २०८१ मंगलबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार