लेखनाथ खानेपानी आयोजनामा सरकारको लगानी थप्ने तयारी
नेपालबहस संवाददाता
पुस ११, २०७७ शनिबार २३:२:४५
११ पुष, काठमाडौं । पोखरा महानगरपालिकाका पाँच वडामा ‘एक घर एक धारा’मार्फत २४ औं घण्टा खानेपानी पु¥याइने भएको छ । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सञ्चालन गरिरहेको लेखनाथ सहलगानी खानेपानी आयोजनामार्फत वडा नं २६, २७, २९, ३० र ३२ का प्रत्येक घरमा खानेपानीको धारा पु¥याइने र पानी अभाव हुन नदिन नेपाल सरकार र संस्थाको लगानीमा स्रोत वृद्धि गर्न लागिएको संस्थाले जनाएको छ ।
विसं २०५८ मा स्थापना भएको संस्थाले “मुहानदेखि मुखसम्म शुद्ध पानी, हामी उपभोक्ताको सरोकार र निगरानी”को नारासहित १३ हजार धारा जडान गरी लेखनाथ क्षेत्रका एक लाख ५० हजार जनसङ्ख्यालाई पानी वितरण गर्दै आएकामा बढ्दो शहरीकरणसँगै पानीको माग बढेको र अभावपूर्ति गर्न स्रोतको क्षमता वृद्धि गर्न लागेको हो ।
सबै उपभोक्ताको घरमा पर्याप्त पानी पु¥याउनका लागि आयोजनाले हाल पोखरा महानगरपालिका–२० र मादी गाउँपालिका–७ को सीमा गिउँजे खोलाबाट आइरहेको पानीको क्षमता तेब्बर बढाउने योजना अघि बढाएको संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले बताए । उनका अनुसार गिउँजेबाट हाल प्रतिसेकेण्ड ४८ दशमलव नौ लिटर पानी ल्याइरहेको आयोजनाले त्यसको क्षमता विस्तार गरेर तेब्बर अर्थात १५० लिटर प्रतिसेकेण्ड बनाउने र बोरिङको पानी प्रतिस्थापन गरेर खोलाको स्वच्छ पानी वितरण गर्नेछ ।
गिउँजेसहित लेखनाथका अन्य छ ठाउँबाट बोरिङ गरेर आयोजनाले दैनिक नौ हजार ७७४ घनमिटर पानी लेखनाथवासीलाई वितरण गर्ने गरेको अध्यक्ष बरालले बताउनुभयो । बोरिङको पानी उत्पादन महङ्गो पर्ने भएकाले समेत बगेको पानीको क्षमता र स्रोत वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिइएको बताइएको छ । उनले भने, “हामी कहाँ ग्राभिटी खानेपानी र भूमिगत गरी दुई थरीको खानेपानी प्रणाली रहेकामा बढ्दो शहरीकरणका कारणले पानीको माग दिनहुँ वृद्धि भएपछि क्षमता वृद्धि गर्ने योजना अघि बढाएका हौँ । नेपाल सरकार र संस्थाको लगानीमा क्षमता वृद्धि गरी एक वर्षभित्रमा हालको भन्दा तेब्बर क्षमतामा पानी ल्याएर अभाव हुन दिँदैनौँ ।”
सो आयोजनाका लागि रु एक अर्व लगानी हुने प्रारम्भिक नापजाँच रहेको बताइएको छ । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी फागुनभित्रमा तयार हुने भएकाले यसै आर्थिक वर्षमा बोलपत्र आह्वान गरिने आयोजनाले जनाएको छ । आयोजनाले गिउँजे खोलाको पानीको मुहानमा ‘सेडिमेन्टेसन टङ्की’ र ‘रफिङ् फिल्टर’बाट शुद्ध गरी १३ किमी पाइपलाइनबाट वडा नं २६ को लप्सीडाडाँमा रहेको दुई लाख लिटर क्षमताका दुई वटा टङ्कीमा जडान गरी उपभोक्ताका घर घरमा पु¥याउने गरेको छ । आयोजनाले २४ औं घण्टा प्रतिव्यक्ति दैनिक १०० लिटर नेपाल खानेपानी गुणस्तर मापदण्ड अनुसारको पानी विवरण गर्ने लक्ष्य राखेको संस्थाका कोषाध्यक्ष नारायणी भट्टराईले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार