बोक्सी भन्दै कुटी कुटी आमाको हत्या, छोरा बुहारी पक्राउ !
नेपालबहस संवाददाता
पुस १२, २०७७ सोमबार १:२१:४६
१२ पुस, सिराहा । बोक्सी भन्दै आफ्नै आमामाथि कुटपिट गर्दा सिरामा एक महिलाको ज्यान गएको छ । श्रीमतिको कुरा सुनेर बोक्सी आरोपमा कर्जन्हा नगरपालिका ३ का रामअवतार शाहले आमालाई कुटपिट गर्दा ८५ वर्षीया आमा सुदामादेवीको मृत्यु भएको हो ।
गएको कात्तिक ११ गते कान्छो छोरा रामअवतार र बुहारी मन्जुले बोक्सीको आरोप लगाएर कुटपिट गर्दा ८५ वर्षीया सुदामादेवी घाइते भएकी थिइन् ।
छोरा र बुहारीको कुटाइबाट घाइते भएकी सुदामादेवीलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । दुई दिनको उपचारपछि उनलाई घरमै ल्याइएको थियो ।
तर कात्तिक १५ गते उनको स्वास्थ्य पुनः बिग्रिएपछि सिराहा जिल्ला अस्पताल लग्ने क्रममा बाटोमा नै मृत्यु भएको थियो । घट्ना लगत्तै प्रहरीले छोरा रामअवतारलाई नियन्त्रणमा लिएको थियो भने बुहारी मन्जु भने फरार भएकी थिइन् ।
इलाका प्रहरी कार्यालय मिर्चेयाबाट खटिएको टोलीले मन्जुदेवीलाई कर्जन्हा ३ स्थित उनकै घरबाट आइतबार पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार
मस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
विद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
मंसिर १८, २०८१ मंगलबार
इतिहासकै ठुलो मात्रामा कोकिन अष्ट्रेलियामा पक्राउ, २.३ टनको मुल्य ५०० मिलियन
मंसिर १८, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपति वाइडेनले दिए छोरालाइ अबैध बन्दुक र लागु औषध मुद्दामा माफी
मंसिर १८, २०८१ मंगलबार