घुमुवालाई ढुङ्गा बोकाउँदै डीआईजी, त्रिभुवननगर नाकाबाट भने तस्करी
नेपालबहस संवाददाता
पुस १२, २०७७ सोमबार १:२४:२०
१२ पुष, मलंगवा । सशस्त्र प्रहरीले तराईमा धमाधम खोलेका बोर्डर आउट पोष्ट (बीओपी) हरु तस्करीको सेटिङ मिलाउनका लागि हो कि सीमा वारपार अपराध नियन्त्रण गर्नका लागि हो भन्ने बारे प्रश्न उठन थालेको छ । बीओपीमा सशस्त्र प्रहरी निरीक्षकहरु इन्चार्ज रहने गरेका छन् । अधिकांश इन्चार्जहरुको काम नै तस्करीको सेटिङ मिलाएर पैसा असुल्नु रहने गरेको समाचारहरु आउन थालेका छन् ।
यही मेसोमा सर्लाहीको त्रिभुवननगर नाका अहिले तस्करीको अखडा बनेको खबर छ । त्रिभुवननगर नाकास्थित सशस्त्रको बीओपीका प्रहरी निरीक्षक संजित सिंहको संरक्षणमा खुलेयाम तस्करी भैरहेको बताइएको छ । प्रदेश २ स्थित छिन्नमस्ता बाहिनीका डीआईजी चन्द्रप्रकाश गौतमले तस्करी नियन्त्रणमा कडाई गरेपनि खाने मुखलाई जुगाँले छेक्दैन भन्ने उखान यहाँ चरितार्थ भएको छ ।
स्थायी घर नै सर्लाही भएका निरीक्षक सिंह यसअघि टावरस्थित बेशमा थिए । त्यहीँ कार्यरत रहँदा पनि उनी धेरै बदनाम र बिवादमा परेका थिए । तिनै बदनाम र बिवादित सिहंलाई फेरि सर्लाहीको सबैभन्दा तस्करी हुने नाकाका रूपमा चिनिएको त्रिभुवननगर नाकाको बीओपीको जिम्मेवारी दिएपछि अहिले व्यापक मात्रामा सो नाकाबाट तस्करी भैरहेको छ । सशस्त्र प्रहरीले तराईका नाकाबाट खुलेयाम तस्करी गराईरहेका छन् ।
यसबाहेक सखुवहाबाट समेत तस्करी भैरहेको छ । ती तस्करीको सामानहरू लालबन्दीसम्म पुग्ने गर्दछ। दैनिक दुई दर्जन बढी मोटरसाइकलबाट कपडा, सुर्तीजन्य सामान र अन्य घरायसी सामानहरूको ठूलो तस्करी भैरहेको छ।
समाचार अनुसार त्रिभुवननगर नाकाबाट उमेश राउतले केराउ र छोकडाको तस्करी गरिरहेका छन् । मनिष चौधरी, प्रकाश यादव, इन्दल राय, हुसेन मियाँ , राजेश कुशवाह समेतले तस्करीको लाइन पाएको हाम्रो समाचार स्रोतको दावी छ । तस्करीको लाइन उनै निरीक्षक संजित सिंहले दिएको स्रोतले बतायो ।
यी व्यापारीलाई तस्करी गराउन लाइन दिएबापत सशस्त्र प्रहरी बल त्रिभुवननगर बीओपीले मासिक अवस्था हेरेर ५ देखि ७ लाखसम्म लिने गरेको समाचार स्रोतका कथन छ । यसबाहेक सशस्त्रको १० नम्बर गणका घुमुवा सहायक हवल्दार सुरेन्द्र महत्तो कोइरी र टंकनाथ अधिकारीलाई समेत एसपी समेतको भाग भनी छुट्टै तीन लाख मासिक बुझाउने गरेको एक व्यापारीले नाम नबताउने शर्तमा बताए ।
सशस्त्रका ६२ जना घुमुवा फिर्ता, ढुङ्गा बोकाउँदै डीआईजी
नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता वाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले उनीहरुलाई फिर्ता बोलाएको छ । प्रदेश नं २ को आठ जिल्लामा ६२ जना सशस्त्रका घुमुवालाई सीमा क्षेत्रको निगरानी तथा तस्करी नियन्त्रणका लागि खटाइएकामा उनीहरुले तस्करहरुसँग मिलेर आचरण विपरीत काम गरेपछि उनीहरुलाई कारबाहीस्वरुप महोत्तरीको बर्दिवासस्थित मुख्यालयमा तानिएको हो ।
प्रदेश नं २ को आठै जिल्लाका घुमुवाले प्रहरी आचरण विपरीत काम गरिरहेकाले उनीहरुलाई मुख्यालयमा तानिएको स्वीकार्दै प्रदेश नं २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजी चन्द्रप्रकाश गौतमले भने, “ती घुमुवाहरुलाई तानेर उनीहरुलाई भीड नियन्त्रण कसरी गर्ने, आन्दोलनमा ढुङ्गामुढा भएपछि कसरी नियन्त्रण गर्ने जस्ता ‘रिय रेस’ भन्ने तालीम दिइएको छ ।”
ती घुमुवाले सीमानाकाबाट महिनावारी रकम लिएर तस्करी गराउने गरेको सूचनाका आधारमा उनीहरुलाई कारबाहीस्वरुप प्रदेश प्रहरी कार्यालयमा तानिएको भन्दै डीआईजी गौतमले आफू प्रदेश २ मा आएपछि घुमुवाले तस्करसँगको मिलेमतोमा तस्करी गराइरहेको उजुरी आइपुगेकाले कारबाहीस्वरुप उनीहरुलाई प्रदेश मुख्यालयमा तानिएको बताए ।
यसैबीच सरुवा भएर प्रदेश नं २ मा आएका डीआईजी गौतमले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप, चोरी, तस्करी नियन्त्रण गर्न तथा अपराध गरेर लुकेका अपराधीबारे सूचना दिन भारतीय समकक्षीहरुसँग समन्वय गरेको, सशस्त्र प्रहरीको पोष्टमा आफैँ गस्ती गर्ने, दिनरात पेट्रोलियम गस्ती बढाइएको तथा आचरण विपरीत काम गर्ने घुमुवा तथा सशस्त्र प्रहरीलाई निरुत्साहित गर्ने काम भइरहेको दावी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार