सप्तरीको कृष्णासवरणमा सनराइज बैंकको शाखारहित बैंकिङ संचालन
नेपालबहस संवाददाता
पुस १२, २०७७ सोमबार १:२४:५
१२ पुष, काठमाडौं । सनराइज बैंक लिमिटेडले सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५७ पुगेको छ ।
बैंकले सो शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विनोदप्रसाद चौधरीलार्ई नियुक्त गरेको छ । मिति २०७७/०९/१० मा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा अग्निसाईर कृष्णासवरण गाँउपालिका उप–प्रमुख मिना चौधरी, अग्निसाईर कृष्णासवरण गाँउपालिका वडा नं. ४ का अध्यक्ष महेशकुमार यादव, निवर्तमान गा.वि.स अध्यक्ष बद्रीनारायण चौधरी, सनराइज बैंक प्रदेश नं २ का प्रमुख रोहितकुमार महाशेठ, राजबिराज शाखाका शाखा प्रबन्धक मुकेशकुमार शाह र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता वडा नं. ४ का अध्यक्ष महेशकुमार यादवले गरेका थिए । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टी.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५७ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टी.एम मार्फत ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता
कात्तिक १४, २०८१ बुधबार
सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
कात्तिक १३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
जङ्गली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना
कात्तिक १६, २०८१ शुक्रबार
हिन्दुराष्ट्र स्थापना जोगाउन राष्ट्रवादी शक्तिहरू एकजुट हुन आग्रह
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौंका सडकहरू सुनसान !
कात्तिक १६, २०८१ शुक्रबार
मनमैजुमा गाई पूजा गर्दै सर्वसाधारण
कात्तिक १६, २०८१ शुक्रबार
ट्याखोलामा निर्माण गरिएको झोलुङ्गे पुल
कात्तिक १६, २०८१ शुक्रबार
मैतीदेवी मन्दिरमा भक्तजन
कात्तिक १६, २०८१ शुक्रबार