रेडक्रस सोसाइटीको रिक्त उपमहामन्त्रीमा ढकाल मनोनित
नेपालबहस संवाददाता
पुस १२, २०७७ सोमबार १:३३:२३
१२ पुष, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको रिक्त उपमहामन्त्रीमा कास्कीका दिपेन्द्रराज ढकाल मनोनित भएका छन् । यस अघि ढकाल केन्द्रीय तदर्थ समितिको सदस्य रहेको थिए ।
नेपाल रेडक्रस सोसाइटीको पुस ९ गते बसेको केन्द्रीय कार्यसमितिको २९४ औँ बैठकले नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान बमोजिम कार्यभार सञ्चालन गर्ने गरी ढकाललाई मनोनयन गरेको हो । आजै नेपाल रेडक्रसको प्रांगणमा आयोजित एक कार्यक्रमवीच उनलाई नेपाल रेडक्रसका अध्यक्ष डा.नेत्रप्रसाद तिम्सिनाले मनोनयनको पत्र गरे ।
उपमहामन्त्रीको पदभार ग्रहण गर्दै ढकालले समुदायसँग अझ नजीक हुने गरी रेडक्रसका सेवा प्रवाह गर्न आफू लागिपर्ने बताउँदै भनेः– ”नेपाल रेडक्रसमा सुद्धिकरणका साथै स्वच्छ मानवीय संस्थाको रुपमा नेपाल रेडक्रसप्रति मानिसहरुको विश्वास वढाउने गरी काम अगाडि बढाइने छ ।”
पदभार ग्रहण कार्यक्रममा नेरेसोका उपाध्यक्षद्धय शर्मिला कार्की र डा. विश्वकेशर मास्के, केन्द्रीय सदस्यहरु, कार्यकारी निर्देशक उमेश ढकाल र नेरेसोका कर्मचारीहरु उपस्थित भएका थिए । ढकालको नियुक्तिसँगै २०७७ साउन १२ गते नेपाल सरकार (मन्त्रीपरिषद) ले गठन गरेको बर्तमान तदर्थ कार्यसमितिमा सबै पदाधिकारीहरुको पद अब पूर्ण भएको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । युवा व्यक्तित्व नेरेसोको उपमहामन्त्री पदमा आउनुले परिवर्तनको संकेत दिएको दिएको उपाध्यक्ष डा.मास्केले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार