चन्द्रविनायक पुनःनिर्माण सकिएसँग सर्वसाधारणका लागि खुला
नेपालबहस संवाददाता
पुस १३, २०७७ मंगलबार २:१९:०
१३ पुष, काठमाडौं । उपत्यकाका चार विनायकमध्येको चावहिलस्थित चन्द्रविनायक मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर पुनःनिर्माण सम्पन्न गरी क्षमापूजा गरेसँगै सर्वसाधारणका लागि मन्दिर खुला गरिएको छ ।
कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । त्यसअघि पनि मन्दिर पुनःनिर्माण शुरु भइसकेकाले मूल मूर्तिमा नभई चन्द्रविनायक तस्बीर अङ्कित प्रतिमामा मात्र भक्तजनलाई दर्शन गराइन्थ्यो ।
चावहिल गणेशसमेत भनिने चन्द्रविनायक पुनःनिर्माण सम्पन्न भएसँगै भूकम्पबाट क्षतिग्रस्त पशुपति क्षेत्रका ४७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको कोषका निर्देशक भरत मरासिनीले राससलाई जानकारी दिए ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रका ९० वटा सम्पदा क्षतिग्रस्त भएका थिए । मन्दिर पुनःनिर्माणमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र स्थानीय नवीन गोर्खालीको संयोजकत्वमा रहेको चन्द्रविनायक तथा भैरवनाथ भजन मण्डललगायतको सहयोग रहेको कोषले जनाएको छ ।
बालबालिकालाई केही भएमा चन्द्रविनायकको दर्शन एवं पूजा गराएमा ठीक हुन्छ भन्ने विश्वास छ । घाउ खटिरा एवं चर्म रोग हुनेले पनि चन्द्रविनायकका पूजा आराधना र दर्शन गरेमा ठीक हुने धार्मिक आस्थाले हजारौँ भक्तजन मन्दिरमा आउने गरेका छन् । प्रत्येक हप्ताको मङ्गलबार र शनिबार मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
निर्माण कम्पनी पी आर कन्स्ट्रक्सनले रु एक करोड ३० लाखको लागतमा मन्दिर पुनःनिर्माण भएको हो । यो मन्दिरसमेत पशुपति क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ वटा सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेका छन् । पशुपति क्षेत्रका ११ सम्पदाको कार्य चालू रहेको कोषले जनाएको छ । विश्वरुप मन्दिर, गौरीघाटलगायत सात सम्पदा खरीद प्रक्रियामा रहेका छन् । पच्चिस सम्पदाको काम शुरु गर्न बाँकी रहेको पनि निर्देशक मरासिनीले जानकारी दिए ।
साँढे पाँच वर्ष अघिको भूकम्पले देशभरका ९२० सम्पदामा क्षति पुगको प्राधिकरणले जनाएको छ । त्यसमध्ये हालसम्म ४६५ अर्थात् ५०।५ प्रतिशत पुनःनिर्माण सम्पन्न भएको छ । हाल २७२ सम्पदाका पुनःनिर्माण जारी रहेको प्राधिकरणले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
मंसिर १८, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १८, २०८१ मंगलबार
आजको मौसमः उच्च पहाडी तथा हिमाली भू भागमा हिमपात हुने
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार