बागमति प्रदेशमा नेकपाको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य
नेपालबहस संवाददाता
पुस १५, २०७७ बुधबार २०:१३:१
१५ पुष, काठमाडौं । सत्तारुढ नेकपाको बहुमत पक्ष प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।
यसअघि यो समूहले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो । अब संसदीय दलको नेता भएसँगै शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । त्यसअघि अहिलेका मुख्यमन्त्री पौडेललाई अविश्वास प्रस्तावमार्फत पदबाट हटाउनु शाक्यको चुनौती हो ।
पुस १० गते बग्मती प्रदेशसभाका ४५ जना सांसद्ले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । हिजो मात्रै मुख्यमन्त्री पौडेलले संसदीय दलको उपनेताबाट शालिग्राम जमकट्टेल र प्रमुख सचेतक बुुद्धिमान माझीलाई पदमुक्त गरेका थिए । आजको बैठकले पौडेलविरुद्धको अविश्वास प्रस्ताव पारित गर्न अन्य राजनीतिक दलहरुसँगसमेत छलफल गर्ने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार