शिवालाई राष्ट्रिय महिला अधिकार मञ्च दमकको सहयोग
नेपालबहस संवाददाता
पुस १६, २०७७ बिहिबार २२:२२:२३
१६ पुष, झापा । राष्ट्रिय महिला अधिकार मञ्च दमक नगर समितिले आर्थिक अवस्था अत्यन्तै कमजोर भएकी रुपा शिवालाई सहयोग गरेको छ । बिरामीले असाध्यै नराम्रोसँग थलिएकी मधुमल्ला मोरंगमा बसोबास गर्दै आईरहेकी शिवालाई खाद्यान्न सहित लत्ताकपडा वितरण गरिएको राष्ट्रिय महिला अधिकार मञ्च दमककी अध्यक्ष रमा लिम्बुले नेपालबहस डटकमलाई जानकारी दिइन् ।
आर्थिक अभावका कारण परिवार पाल्न धौं–धौं भए पछि उनले दैनिक रु.५०।–मा एक डोको घाँस काटदै परिवार पालिरहेको अवस्थामा भेटीएकी पिडित महिला रुपा शिवालाई मञ्चले आर्थिक सहयोग सहित खाद्यान्न सामाग्री बितरण गरेको थियो ।
आर्थिक अभावका कारण परिवार पाल्न समस्या भए पछि शिवाको मानसिक शन्तुलन समेत बिग्रदै गएको अवस्थामा फेला पारी राष्ट्रिय महिला अधिकार मञ्च दमककी अध्यक्ष रमा लिम्बुले उनको उपचारको व्यवस्था मिलाएकी थिईन । राजनीतिमा समेत अत्यन्तै सकयृ रहेकी लिम्बु सामाजिक काममा पनि उत्तिकै क्रियाशिल रहने गरेकी छिन् । उद्योग बाणिज्य संघ दमकको तृतिय उपाध्यक्ष समेत रहेकि महिला नेतृ लिम्बु आफु राजनीतिसँगै अन्याय र विपतमा परेका महिलाहरुको पक्षमा काम गर्न रुचि रहेको कुरा समेत उनले बताइन् ।
दमकस्थित निम्स नेशनल अस्पतालमा निशुल्क होलबडी चेकअप गराउनुका साथै आवश्यक औषधि र फलफुल समेत विरतण गरि सहयोग गरिएको राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय सदस्या तथा झापा जिल्ला महिला नेतृ मन्धरा पौडेलले जानकारी दिइन् । महिला अधिकारका पक्षमा सधैं आवाज उठाउँदै आईरहेको मञ्चले विपतमा परेका महिलाहरुको लागि आर्थिक तथा भौतिक सामाग्रीहरु पनि उपलब्ध गराउँदै आईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार