पुष २० गतेसम्म कायम शेयरधनीले एनसीसी बैंकको लाभांश र बोनस पाउने
नेपालबहस संवाददाता
पुस १६, २०७७ शुक्रबार २:६:१५
१६ पुष, काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको पुष २० गतेसम्म कायम शेयरधनीले यस आर्थिक वर्षको बोनस तथा लाभांश पाउने भएका छन् । बैंकले पुष २१ गते बुक क्लोज गर्ने भएकाले २० गते सम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
बैंकले माघ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा १०.२७ प्रतिशत बोनस शेयर र शेयरमा लाग्ने कर तिर्न ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव रहेको छ । बोनस शेयर वितरणपछि शेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव बैंकले गर्ने छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन नाफानोक्सान तथा नगद प्रवाह विवरण पनि पारित गर्ने प्रस्ताव छ । त्यसैगरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जर वा एक्विजिशमा जान गरेको अनुरोधलाई पालना गर्दै एनसीसी बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गर्ने तयारी गरेको छ ।
सभा बैंकको केन्द्रीय कार्यालय बागबजार काठमाडौंमा बिहान १० बजे डाकिएको छ । कोरोनाभाइरस महामारिका कारण भर्चुअल माध्यमबाट पनि सभामा भाग लिन सकिने बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार