तपाईकाे साप्ताहिक राशीफल [ पौष १९ गते आईतबारदेखि पौष २५ गते शनिबारसम्म ]
नेपालबहस संवाददाता
पुस १९, २०७७ आइतबार १५:५६:१०
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- साताको समय उत्तम रहेकोले अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिने छ । आफन्त तथा गुरुजनहरुको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पति पाउने योग रहेको छ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाईलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेको छ । साथीसंगी तथा ईष्टमित्रबाट उपाहार प्राप्त हुनेछ । मायाप्रेममा नजिक हुन सकिने तथा पतिपत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । पढाईलेखाईमा मन जाने तथा अरुलाई पछि पार्दै नतिजा आफुतिर ल्याउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- साताको सुरु र अन्तको समय मध्यम रहेकोले पहिलेका कमी कमजोरीहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केही समय पर्खनै नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्ने लेख्ने काममा खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यवसायमा समय दिएपनि खासै उपलव्धि हासिल हुने छैन भने घरजग्गाको कारोबारबाट केही मात्रामा लाभ लिन सकिने छ । मंगलबार,बुधबार र शनिबारको समय उत्तम रहेकोले आकश्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ, भने शेयर बजार तथा सट्टाको व्यवसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पढाईलेखाईमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे धन लाभ हुनेछ । भौतिक सम्पति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामिप्यता बढेर जानेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- साताको सुरु र अन्तको समय उत्तम रहेकोले आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने ग्रहयोग रहेको छ । दाजुभाईहरुसँगको सम्बन्धमा नयाँपनको विकास हुनेछ । छोटोदुरीको व्यवसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आट आउने छ । मायाप्रेममा नजिक हुने समय रहेको छ, भने दाम्पत्य जीवन सुखी रहनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले जीवनशैली व्यस्त भएपनि आर्थिक रुपमा पछि नै परिने छ । आमा तथा आफ्नैबाट टाढिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने साथीभाईले नै धोका दिन सक्छन् । स्थयी सम्पतिमा विवाद आउनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो): नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले विषेश पद पाउने समय रहेको छ । छोटो तथा अर्थपुर्ण उपलव्धिमुलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडि बढ्न सकिने छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन्, भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जोश जागर बढेर आउने छ । अध्ययनमा सुधार भएर जाने हुनाले साथीहरुलाई किनारा लगाउँदै अगाडी बढ्न सकिनेछ । बिहीबारबाट समय मध्यम रहेकोले जीवनशैली व्यस्त भएपनि आर्थिक रुपमा पछिनै परिनेछ । आमा तथा आफ्नैबाट टाढिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने साथीभाईले नै धोका दिन सक्छन् । स्थयी सम्पतिमा विवाद आउनेछ । कृषि तथा पशुपालन व्यवसाय भने फस्टाएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- साता उत्तम रहेकोले रमाईलो साहसिलो काम गर्ने जोशजाँगर आउनेछ, भने खेलकुद तथा यस्तै गतिविधिमा तपाईको नाम अग्रस्थानमा आउनेछ । पढाईलेखाईमा परिणाममुखी उपलव्धि हासिल गर्न सकिनेछ भने छोटो दुरीको शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होईने छ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नी बीच मायाको गाठो कसिलो भएर जानेछ । लेखन,कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेको छ । दाजुभाई तथा आफन्तको सहयोगले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :-बुधबारसम्मको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा सम्मानजनक स्थान पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । परिवारका सदस्यहरुसँग विवाद बढ्ने योग रहेको छ भने आफन्तहरु टाढिनेछन् । व्यापार व्यवसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । मायाप्रेममा एक अर्का बीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेको छ । बिहीबारबाट समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिने छ । व्यापारमा वढोत्तरीको योग रहेको छ भने नयाँ व्यवसाय सुरु गर्न सकिने छ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मायाप्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवनसाथीसँग थप आत्मियता बढ्नेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानी गर्दा पछिसम्म आम्दानी भैरहनेछ । पढाईलेखाईमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपाईले गरेको काम समयमा सम्पन्न हुने हुँदा चर्चा चुलिनेछ । विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानाे प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । मायाप्रेममा नजिक हुने समय रहेकोछ भने जीवनसाथीको सहयोग हर क्षेत्रमा रहने योग रहेको छ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले आत्मिय मित्र तथा सहयोगीको सहयोग नपाउँदा थालेका कामहरु बीचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी हाईड्रोपावर,पानी तथा औषधीसँग सम्बन्धित व्यवसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुप नै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुनेछन् । सवारीसाधन प्राप्त हुने योग रहेको छ । दाजुभाईबाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम, दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । बिहीबारबाट आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केही समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । मायाप्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पतिपत्नी बीच अविस्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला, समान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ):- साताको समय उत्तम रहेकोले गीत संगीतमा विषेश रुचि बढ्नेछ भने बिद्यामा तपाई अव्वल सावित हुनुहुनेछ । शत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रै आम्दानी हुनेछ । पतिपत्नीबीचको सम्बन्ध सुदृड हुनुको साथै मायाप्रेमको गाठो गसिलो भएर जानेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- साताको सुरु र अन्तको समय मध्यम रहेकोले कामगर्दा ख्याल गर्नुहोला, शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरेपनि आम्दानी नहुने हुनाले दैनिक गुजारा ऋण लिएर चलाउनु पर्ने वाध्यता आउनेछ । प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवनसाथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् । पढाईलेखाई अथुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पति तथा सवारीसाधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, अप्रिय घट्ना घट्न सक्छ । मंगलबार,बुधबार र शनिबारको समय उत्तम रहेकोले आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो संस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- साताको सुरु र अन्तको समय राम्रो रहेकोले पतिपत्नीका साथ रमाईलो व्यवसायीक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवार साधन तथा भौतिक सम्पति जोड्ने योग रहेको छ । पढाईलेखाईमा अरुभन्दा अगाडि तपाईको नाम आउँदा मन प्रशन्न रहनेछ । मायाप्रेमको गाठो मजभुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुशियाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवनयापन गर्न सकिनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले कामगर्दा ख्याल गर्नुहोला, शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवनसाथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- साताको सुरु र अन्तको समय राम्रो रहेकोले वादविवाद तथा प्रतिस्पर्धामा तपाईको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जीवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुनेछ । मंगलबारबाट शुक्रबारसम्मको समय मध्यम रहेकोले बिनाकारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यवसायमा घाटा हुनेछ । सवारीसाधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेको छ । व्यवसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य खराब हुन सक्छ । तपाईको याे साता शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको साप्ताहिक राशीफल [ साउन १ गते आइतबारदेखी साउन ०७ गते शनिबारसम्मको ]
साउन १, २०७९ आइतबार
तपाईको साप्ताहिक राशीफल [ असार २६ गते आइतबारदेखी असार ३२ गते शनिबारसम्म ]
असार २६, २०७९ आइतबार
तपाईको साप्ताहिक राशीफल [ असार १९ गते आइतबारदेखी असार २५ गते शनिबारसम्मको ]
असार १९, २०७९ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार