एसपीको निर्देशनमा बाँकेमा खुल्यो तस्करी धन्दा:- घुमुवा खटाएर महिनावारी रकम असुली
नेपालबहस संवाददाता
पुस १९, २०७७ आइतबार १८:४९:१६
१९ पुष, बाँके । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा बाँकेबाट खुलेयाम तस्करी धन्दा मौलाएको पाइएको छ । सशस्त्र प्रहरीका एसपी अशोक बम, नेपाल प्रहरीका एसपी ओम राना तथा सिडिओ रामबहादर लिम्बु कुरुङवाङको मिलेमतोमा दैनिक लाखौंका समानहरु इधरका उधर हुने गरेको बताइएको छ ।
त्यसमा पनि कोरोना भाईरसका कारण सिंगो मुलुकको अर्थतन्त्र धरासायी भएको बेला सीमाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बलका केही एसपी भने मौका यहि हो भन्दै तस्करहरूसँग खुलेआम मोलमोलाई गरि पैसा असुली कार्यमा व्यस्त रहेको आरोप लागेको छ । तस्करीलाई सुचारु गर्न नेपाल प्रहरी, सिडिओ तथा भन्सार प्रमुखहरुको गठजोड रहने गरेकोले यतिबेला बाँके जिल्लामा दिनदहाडै चर्कोरुपमा तस्करी धन्दा मौलाएको छ ।
समाचार स्रोतका अनुसार बाँकेको बढैया बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी निरीक्षक बिनोदराज श्रेष्ठले दिउँसै तस्करले सामान ल्याउने चोरी बाटोमा आफै पुगी विभिन्न लत्ताकपडा खाद्यान्न र धमाधम गोरु तस्करी गराएको भिडियो प्राप्त भएको छ भने बाँके जिल्लाको प्रमुख नाका जमुनाह भन्सारमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको एरियाबाट झन चर्को मात्रामा तस्करी हुने गरेको खबर छ ।
भन्सारको माल पास गराउने सबै चाँजोपाँजो लामो समयदेखि जमुनाह भन्सारमा घुमुवाको रुपमा परिचालित रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोष शर्माले मिलाउने गरेका छन् । उनी अहिले तालिमकेन्द्र नौवस्तामा तालिमरत भए पनि हरेक शुक्रबार नाईट आउट आएर तस्करहरुलाई भेटी इन्स्पेक्टर, एसपीदेखि डीआईजी सम्मलाई मैले लाईन दिनु पर्छ, नत्र तपाईहरुको काम कसरी चल्छ भन्दै हप्ता र महिनावारी रकम असुल्ने गरेको स्रोतका दावी छ ।
उता बीओपी इन्स्पेक्टर जीवनलाल बुढा पनि स्वंय दैनिक सादा पोशाकमा एक्लै एक्लै मोटर साईकलमा बाहिर घुमी घरायसी सामान लिदै गरेका सर्बसाधारणलाई समेत तस्कर सम्झी जवरजस्ती दुई सयदेखि पाँच सयसम्म माग्ने गरेको र रकम नदिनेहरुको सामान जफत गरि भन्सारमा बुझाउने गरेको जनगुनासो प्राप्त भएको छ ।
त्यस्तै बोर्डर आउट पोस्ट कालाबन्जार र बोर्डर आउट पोस्ट खडैचाबाट अबैध सिसौको काठ, लत्ताकपडा, सुर्तीजन्य पदार्थ मोबाइल , मोटरपार्टस तथा महंगा हार्डवेयरका सामानहरुको चोरी तस्करी व्यापक रुपमा हुने गरेको छ । त्यस्तै बाँके जिल्लाकै दुर्गम मानिने बोर्डर आउट पोस्ट कटकुईया ,बोर्डर आउट पोस्ट नरैनापुर र बोर्डर आउट पोस्ट गंगापरस्पुरका सशस्त्र प्रहरी निरीक्षकहरुले समेत तस्करीबाट मासिक लाईन बुझी धमाधम तस्करलाई अबैध व्यापार गर्न दिईरहेको समाचार स्रोतले बताएको छ ।
यसरी जिल्लाका सबै बीओपी इन्चार्जहरुले मासिक लाईन बुझी तस्करी गराउँदा राज्यलाई करोडौं राजश्व नोक्सान हुन पुगेको छ । यस्तो तस्करी कार्य गराउन मुख्य भुमिका निभाउने खेलाडी भने सशस्त्र प्रहरी सहायक निरीक्षक तीर्थ भाट रहेको दावी स्रोतको छ । उनी बिगत दशौ बर्षदेखि दरबन्दी जहाँ भएपनि बाँके जिल्लामै घुमुवाको रुपमा परिचालित रहेका छन् ।
असई तीर्थ भाटले अहिले पनि प्रत्येक तस्करहरुसँग मैले क्षेत्रको डीआईजीलाई मासिक पाँच लाख र जिल्ला एसपी अशोक बमलाई आठ लाखसम्म बुझाउनु पर्छ भन्दै तस्करसँग चर्को रकम असुल्ने गरेक बताइउको छ । हाल उनी नौबस्ता तालिमकेन्द्रमा तालिमरत भएता पनि आफ्नो सहायकको रुपमा सिपाही जयराम यादवलाई घुमुवा खटाएर गएका छ्न् भने आफू चाहिँ प्रत्यक हप्ताको शुक्रबार नाईट आउट आई तस्करहरुलाई भेटी जयराम यादवले उठाएको लाईनको हिसाबकिताब गर्ने गरेको खबर प्राप्त भएको छ ।
असई भाटले तस्करहरुबाट असुलेको रकमले नेपालगंज बजारमै दुई वटा जीमहल संचालन , ठाँउ ठाँउमा घडेरी र बर्दियामा जग्गा आफन्तको नाममा जोड्न सफल भएको बताइउको छ । जिल्लाभरी रातदिन तस्करी धन्दा मौलाउँदा समेत सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति एसपी अशोक बम आखा चिम्लिएर मुकदर्शक भई बस्नुले पनि बाँके जिल्लामा तस्करी चलेको कुरा प्रष्टैसंग बुझ्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा कांग्रेसका डंगोल एमालेका मानन्धर भन्दा ५१४ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
किन नेपाल भ्रमणमा आउँदैछन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ?
मंसिर १८, २०८१ मंगलबार
सुनको मूल्य तोलामा १ हजारले बढ्यो
मंसिर १८, २०८१ मंगलबार
रचना र दीपकको स्वरमा रहेको 'रातो घोडा सेतो घोडा'को म्युजिक भिडियो सार्वजनिक
मंसिर १८, २०८१ मंगलबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार