कोरोना महामारी बिरुद्ध नबिल बैंकको ५ संस्थासँग साझेदारी
नेपालबहस संवाददाता
पुस २०, २०७७ मंगलबार १:३१:३५
२० पुष, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण हाल केही कम देखिएता पनि महामारीको जोखिम अझ कम भइनसकेको अवस्था छ । कोरोनाभाइरस सम्बन्धी जनचेतनामा बिशेष जोड दिने र भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाको लागि जनस्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिनुपर्ने आवश्यकता महसुश गर्दै नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, नबिल बैंक, चौधरी फाउन्डेसन, एसियाली विपद पुर्वतयारी केन्द्र तथा एनडीआरसीको संयुक्त साझेदारीमा स्वास्थ्य आपतकालिन (महामारी) पुर्वतयारी तथा प्रतिकृयाका लागि जनचेतनामुलक कार्यक्रम संचालन भएको छ ।
स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघसंस्थाहरुको क्षमता अभिवृद्धिका लागि उक्त अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो । स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्य सम्बन्धी जोखिम न्युनिकरण र नेपाल जस्तो अति कम विकसित र जनस्वास्थ्य क्षेत्रमा सीमित पुर्वाधार भएको मुलुकमा सो अवस्थाको पुर्व तयारीका निम्ति जनस्वास्थ्य एवं मानवीय सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अविबृद्धि गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
विराटनगरको होटेल रत्नमा सोमबार आयोजित उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकाल संचालन केन्द्र (एचइओसी) का प्रमुख डा. समिर अधिकारीले विपद पुर्वतयारी एवं व्यवस्थापनमाथि प्रकाश पारेका थिए ।
त्यसैगरी नबिल बैंकका व्यवसायिक सामाजिक उत्तरदायित्व प्रमुख कृष्ण सुवेदी तथा प्रदेश – १ प्रमुख सुबोध लोहनीले नबिल बैंक समाजप्रति सदैव उत्तरदायी र विगत केही समयको निरन्तर अभ्यास पश्चात कार्यक्रम संचालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गरेका थिए ।
एसियाली विपद् पुर्वतयारी केन्द्रका देशीय प्रतिनिधि मानबहादुर थापाले कुनै किसिमको विपदको सामना गर्नुपुर्व सबैले विपदको पुर्वतयारीमा सबैको ध्यान केन्द्रित रहनुपर्ने कुरामा विशेष जोड दिए ।
त्यस्तै चौधरी फाउन्डेसनकी प्रमुख संचालन अधिकृत मेरिना रञ्जितले विपदको बेला चौधरी फाउन्डेसनले गरेको कार्यहरुको स्मरण गर्दै आपतकालका बेला व्यवस्थित रुपमा कार्य गर्न यस किसिमको कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरिन् ।
प्रदेश न. १ को राजधानी विराटनगरमा सोमबारबाट सुरु उक्त प्रशिक्षण कार्यक्रम क्रमश प्रदेश न. २ को बीरगंज, बागमती प्रदेशको भरतपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर तथा नेपालगंज र सुदुरपश्चिम प्रदेशको कंचनपुरमा पनि संचालन गरिने बताइएको छ ।
नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसँग संगै अघि बढ्ने विश्वास राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार