वन क्षेत्रमा हराएका बज्यै–नातिनी आफन्तको जिम्मा लगाइयो
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार १७:१९:३६
२२ पुष, कञ्चनपुर । भीमदत्त नगरपालिका–९ खल्लाका बयर टिप्न वन क्षेत्रमा गई हराएका बज्यै र नातिनीलाई सशस्त्र प्रहरीले खोजतलास गरी आफन्तको जिम्मा लगाएको छ । सोमबार गाउँ नजिकैको वन क्षेत्रमा बयर टिप्नका लागि गएका ६५ वर्षीया धना टमटा र उनकी नातिनी छ वर्षीया तारा टमटा हराएपछि आफन्तले खोजतलासका लागि सशस्त्र प्रहरीको खल्लास्थित बोर्डर आउटपोष्टलाई गुहारेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।
आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरीको टोलीले बज्यै र नातिनीलाई मङ्गलबार साँझ नेपाल–भारत सीमा नजिकको दशगजा क्षेत्रमा सकुशल फेला पारी आफन्तको जिम्मा लगाएको छ । यसैबीच सशस्त्र प्रहरीले लाझाडी गाउँपालिका–६ चानदेउबाट मङ्गलबार रु एक लाख ७० हजार मूल्य बराबरको २० क्यूविक फुट सिसौको काठ, माछा र यमाहा मोटरसाइल बरामद गरेको छ । बरामद गरेको काठ सिद्धनाथ सबडिभिजन वन कार्यालयमा र अन्य सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार