सेनाले पुष २५ मा वीरताको स्मरण गर्दै विजय दौड गर्ने
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार २१:७:३८
२२ पुष, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १ स्थित जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै नेपाली सेनाले बुटवलमा विजय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । मध्यपश्चिम पृतना हेडक्वार्टर, बुटवलले आज आयोजना गरेको पत्रकार भेटघाटमा महासेनानी मच्छिन्द्र थापाले अङ्ग्रेजहरु परास्त भएको गढी वीरतापूर्ण सैनिक इतिहास र स्वाभिमानी नेपालीको प्रतीक भएको बताउँदै राष्ट्रिय एकता दिवसका अवरमा सेनाले यही पुस २५ गते २१ किलोमिटर हाफ म्याराथुन र पाँच किलोमिटर वाकाथुनको आयोजना गर्ने जानकारी दिए ।
हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट शुरु भई योगीकुटी हुँदै डा«इभर टोलबाट फिर्ता भएर लुम्विनी अस्पताल, पुरानाे बसपार्क हुदै जीतगढीमा समाप्त हुने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीलाई नगद पुरस्कार क्रमशः रु १५ हजार, १० हजार र रु पाँच हजारसहित पदक र प्रमाणपत्र दिइने छ ।
क्याम्पस अगाडिबाट शुरु हुने वाकाथुन ट्राफिक चोक, चौराहा, योगीकुटीबाट फिर्ता भएर लुम्विनी अस्पताल, पुरानो वसपार्क हुदै जीतगढीमा समाप्त हुनेछ । सो प्रतियोगितामा नेपाली सैनिकलगायत करीब सय खेलाडीको सहभागिता रहने छ । विभिन्न शोधकर्ता र इतिहासविद् र पर्यटनका लागि जीतगढी किल्ला महत्वपूर्ण मानिएको छ । नेपाल र अङ्ग्रेजबीच सन् १८१४ देखि १८१६ सम्म भएको युद्धमा नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार