ललितपुरले २ सय जनालाई साइकल खरीद गरिदिने
नेपालबहस संवाददाता
पुस २४, २०७७ शनिबार १:५:२२
२४ पुष, काठमाडौं । ललितपुर महानगरपालिकाले साइकल चलाउन इच्छा भएका तर साइकल नभएका २०० जनालाई साइकल किन्न सहयोग गर्ने भएको छ । साइकल यात्रीलाई प्रोत्साहन गर्ने सम्बन्धमा आज महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ‘युएनडिपी’का आवासीय प्रतिनिधि आसानी मेदागन्गोडाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सो अवसरमा प्रमुख महर्जनले महानगरपालिकालाई स्मार्ट शहर बनाउने योजनानुरुप मोबाइल एप्समार्फत साइकल प्रयोगकर्तालाई प्रोत्साहन गरिने बताए । उनले भने, “साइकल चलाउन इच्छुक तर खरीद गर्ने क्षमता नभएका २०० जनालाई साइकल किन्न सहयोग गर्ने भएका छौँ । महानगरपालिकाको वातावरण सुधारका लागि बढी समय साइकल प्रयोग गर्ने व्यक्तिको पहिचान गरी उपहारको व्यवस्थासमेत गर्नेछ ।” महानगरपालिकाले ‘ग्रीन गेम’ नामक परियोजनामार्फत विभिन्न ठाउँमा हरियाली प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम ल्याउने उनको भनाइ छ ।
युएनडिपीका प्रतिनिधि मेदागन्गोडाले सो अभियानले साइकल चलाउन रुचि राख्नेलाई प्रेरित गर्ने धारणा राखे । उनले भने, “काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भौगोलिक कठिनाइ हुँदाहुँदै पनि महानगरपालिकाले पहिलो चरणमा लगनखेल, मंगलबजार र पुल्चोक हुँदै कुपण्डोलसम्म १० किलोमिटर साइकल लेन बनाएर मुलुकमै उदाहरणीय काम गरेको छ ।”
यो अभियानले शहरको वातावरण संरक्षण गर्नुका साथै आउँदो पुस्तालाई सुन्दरता कायम राख्न जिम्मेवार बनाउने विश्वास समेत उनले लिए । महानगरपालिकाका सूचना अधिकारी रुद्र गौतमले अब बन्ने दोस्रो चरणको साइकल लेन निर्माणका लागि टेन्डर भइसकेको बताए । उनले भने, “अब बन्ने लेनका लागि सम्बन्धित निकायसँग समेत छलफल भइसकेको छ ।”
साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले साइकल लेन निर्माणमा थुपै चुनौती रहेको बताउँदै महानगरपालिकाले दोस्रो चरणअन्तर्गत अब २२ किलोमिटर लेन निर्माणको काम अघि बढाइने भएको जानकारी गराए । साइकल सिटी नेटवर्क नेपालका उपाध्यक्ष निवेश दुगडले वर्तमान समयमा वायु प्रदूषण बढिरहेको हुँदा साइकल प्रयोगकर्ता बढाउनसके मानव स्वास्थ्य जोखिममुक्त हुने विचार व्यत्तः गरे ।
कार्यक्रममा महानगरपालिकाले साइकल लेन निर्माणका लागि गत आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फत रु ५० लाख र २०७६/०७७ को बजेटमा पनि ५० लाख छुट्याएर काम गरिरहेको जनाइएको छ । महानगरपालिकाले साइकल लेन बनाउँदा समेतसाइकल ऐन भने हालसम्म बनाउन सकेको छैन ।
यसैगरी महानगरपालिकाले एशियन विकास बैंक ‘एडिबी’ को रु ५४ करोड आर्थिक सहयोगमा वाग्मती नदी, शङ्खमूल, कुम्भेश्वर, महापाल, कुमारीपाटी, मंगलबजार, टङ्गाल र लगनखेलसम्म ट्रंक लाइन परियोजना अर्थात् भूमिगत तवरबाट बिजुली र टेलिफोनको तार, ढल र खानेपानीको व्यवस्थापन गर्न थालिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार