बर्डफ्लु देखिएपछि सीमा नाकामा उच्च सतर्कता
नेपालबहस संवाददाता
पुस २५, २०७७ शनिबार २२:१५:२२
२५ पुष, वीरगञ्ज । छिमेकी मुलुक भारतमा विगत केही दिनयता बर्डफ्लु रोग देखिएपछि भारतसँग जोडिएको प्रदेश २ को आठवटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । नेपालमा बर्डफ्लु भित्रिन नदिन प्रदेश २ को आठवटै जिल्लाको दक्षिणी सीमासँग जोडिएको नाकामा सुरक्षा सतर्कता बढाएर सीमा नाकामा कडाइ गरिएको बताइएको छ ।
नेपाल–भारतबीच रहेको खुला सीमाका कारण नेपालमा पनि बर्डफ्लु भित्रिने सक्ने सम्भावनालाई दृष्टिगत गरी सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीलाई निगरानी बढाई थप कडाइ गर्ने भनेर परिपत्र गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी राजु अर्यालले बताए।
यता प्रदेश नं २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर दक्षिणी सीमा क्षेत्र भारतसँग जोडिएको छ र उक्त सीमा नाकामा ६७ वटा बिओपी र ३५ वटा एफओपी को पोष्ट रहेको छ । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट पक्षीजन्य पदार्थको आयातमा कडाइका साथ रोक लगाउने भनी निर्देशनसमेत दिइएको सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले जनाएको छ ।
बर्डफ्लु रोग नेपालमा भित्रिन नदिन सीमा नाकामा कडाइ गरिएको, यस सम्बन्धमा सहयोग गर्न भारतीय समकक्षीसँग अनुरोध गरेको, नियमित सम्पर्क भइरहेको तथा सीमा क्षेत्रको आफैँ पनि नियमित गस्ती गर्ने गरेकाले भारतबाट कुनै पनि सामान नेपाल छिर्न नसकेको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले राससलाई बताए ।
यसैगरी पशु क्वारेन्टिन कार्यालय वीगरञ्जले पर्साले भारतसँग जोडिएका तराईका जिल्लामा सुरक्षा सतर्कता अपनाउन तथा कुखुरा तथा कुखुराजन्य पदार्थ भित्रिन नदिनका लागि विशेष अभियान चलाउनेबारे छलफल भएको प्रमुख वरिष्ठ पशु चिकित्सक डा हरेराम यादवले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार