‘शालिग्राम’को महत्व बुझाउँदै शेरचन
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार १५:५३:५४
२६ पुष, पोखरा । कलाकार मिलन शेरचनले नयाँपुस्तालाई शालिग्रामको महत्व चिनाउनका लागि कलात्मक रूपबाट कृत्रिम शालिग्राम तयार गरेका छन् । जापानी भाषा हानानो ओशिबाना अर्थात् झारपातबाट विभिन्न चित्राकृति बनाउँदै आएका शेरचनले पछिल्लो समय शालिग्राम महत्वलाई कलामा उतारेका हुन् ।
“हिन्दू धर्म परम्परामा शालिग्रामको निकै महत्व छ, तर नयाँपुस्ता यसबारे निकै अनभिज्ञ छन् । कलाको माध्यमबाट शालिग्रामको महत्व बुझाउन सकिन्छ कि भनेर यो तयार गरेकी हुँ”, शेरचनले भने । उनले कलाको माध्यमबाट विभिन्न रङरोगन र केमिकलको सहायताले विभिन्न साइजको शालिग्राम तयार गरेको बताए ।
“कलाले कुनै पनि समाजको धर्म संस्कार र संस्कृतिलाई उजागार गरेको हुन्छ, मैले पनि हिन्दू धर्ममा निकै महत्व राख्ने धार्मिक महत्व बोकेका शालिग्रामलाई कलामार्फत उजागार गर्न खोजेकी हुँ”, शेरचनले भने, “शालिग्राम लोप हुँदै गएको छ, यसको महत्व र महिमाबारे आउने पुस्तालाई जानकारी दिन सकिएन भने यो यसै हराएर जानेछ । धर्म संस्कार, संस्कृति हराउनु भनेको आफ्नो पहिचान हराउनु हो ।”
शेरचनले आफ्नो भूगोल, परिवेश रहनसहन संस्कृति, धर्म संस्कारका राम्रा कुरालाई संरक्षण र प्रवद्र्धन गर्नु कलाकारको उत्तरदायित्व भएको बताए ।
हिन्दू धर्मशास्त्रमा शालिग्राम धार्मिक र आध्यात्मिक गुण रहने भएकाले विशेष खालको शिलाको रूपमा लिइन्छ । यो मुक्तिनाथ क्षेत्रअन्तर्गत कालिगण्डकीमा पाइने विशेष खालको शिला हो । पौराणिक धर्मग्रन्थमा उल्लेख भएअनुसार कुनै समय देवता र राक्षसबीच समुद्र मन्थन हुँदा समुद्रमा १४ रत्न प्राप्त भएका थिए, तीमध्ये एक शालिग्राम गङ्गाजीमा पाइने विशेष रत्न हो । शालिकग्राम स्पर्श गरेर वा बगेको जल नियमित सेवनले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । सनातन वैदिक हिन्दू धर्मावलम्बीले शालिग्राम घरमा राखेर पूजा गर्दै आएको पाइन्छ ।
जापानी कला ‘हानानो ओशिबाना’ अर्थात् झारपातबाट कलात्मक चित्र बनाउने कलाकारका रूपमा परिचित शेरचनले धर्म, संस्कृतिका विभिन्न पक्षलाई कलामा उतार्दै आएका हुन् । उनका कलाले दर्जन बढी सम्मान तथा पुरस्कारसमेत पाइसकेको छ । पछिल्लो समय शेरचनले तयार गरेको लिपुलेकको कलाकृतिले राष्ट्रिय ललितकला पुरस्कारसमेत प्राप्त गर्न सफल भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
बैशाख २३, २०८१ आइतबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिँदै
बैशाख २५, २०८१ मंगलबार
कम लागतको इन्टरनेट उपलब्ध गराउन ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण
बैशाख २५, २०८१ मंगलबार
बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो
बैशाख २५, २०८१ मंगलबार
भवन अभावले एउटै कोठामा दुई फरक-फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता
बैशाख २५, २०८१ मंगलबार
भेपमा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु
बैशाख २५, २०८१ मंगलबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार