डिपबोरिङ जडान थालेपछि किसानमा उत्साह
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार १५:५९:१०
२६ पुष, महोत्तरी । सिँचाइ सुविधा विस्तारका लागि महोत्तरीको बर्दिवासमा एकसाथ सात डिपबोरिङ जडानको काम थालिएको छ । बर्दिवास नगरपालिका–२, ६, ७, ८, ९, १२ र १३ नं वडामा डिपबोरिङ जडानको काम एकसाथ थालिएको हो ।
बोरिङ जडानको शुभारम्भ नगरप्रमुख बिदुरकुमार कार्कीले बर्दिवास–८ हाथीलेटबाट शनिबार गरेका हुन् । डिपबोरिङ जडान थालिएपछि किसानमा नयाँ उत्साह छाएको छ ।
पानी वितरण प्रणाली सुव्यवस्थित गर्नसक्दा १० इञ्चको बोरिङ पाइपबाट १०० बिघा जग्गा सिञ्चित हुने विज्ञको भनाइ छ । नेपाल सरकारले तराई समृद्धि कार्यक्रमअन्तर्गत सञ्चालन गरेको यो सिँचाइ कार्यक्रमबाट नहर/कुलोको पहुँच नभएको जग्गाका किसान लाभान्वित हुने कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा धनुषाका इञ्जिनीयर रामेश्वर साहले बताए ।
यो कार्यालयले प्रदेश–२ का महोत्तरी, धनुषा, सिरहा र सप्तरीसहितका चार जिल्लामा तराई समृद्धि कार्यक्रमअन्तर्गतको डिपबोरिङ जडानको संयोजन गर्दै आएको छ ।
बर्दिवास नगरक्षेत्रमा सिँचाइ सुविधा नभएर अपेक्षित उत्पादन लिन नसकेका किसान सरकारको यो अभियानबाट उत्साहित भएका छन् । शनिबार आफ्नो बस्तीमा डिपबोरिङ जडानको काम थालिएपछि हौसिएका बर्दिवास–८ हाथीलेटका किसान चेतबहादुर राना मगरले बोरिङ जडान सफल भए, आफ्नो ठाउँ कृषि फसलले हराभरा हुने भन्दै खुशी व्यक्त गरे । “हामी खेतीपातीमा पानीकै अभावले पीडित थियौँ, अब हाम्रो जीवन फेरिने छ”, रानाले भने ।
बर्दिवास नगर क्षेत्रको कूल ३१५।५७ वर्ग किलोमिटर क्षेत्रफलमध्ये ३८।४ प्रतिशतमात्र खेतीयोग्य जग्गा छ । यसमध्ये पनि १० प्रतिशत पुगनपुग जग्गामा मात्र कुलो÷नहरको सुविधा रहेको छ । आफ्नो नगर क्षेत्रको यो अवस्थाभित्र डिपबोरिङ सिँचाइ सुविधा विस्तारका लागि अत्यन्त प्रभावकारी हुने नगरप्रमुख कार्की बताउँछन् ।
“पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणका भू–भागमा डिपबोरिङ सफल हुने परीक्षणले देखाएको छ, यस भेगमा यो कार्यक्रम सघन बनाउन हामी लागिपरेका छौँ”, नगरप्रमुख कार्कीले भने, “राजमार्ग उत्तरका वडा नं ३, ४, ५, १० र ११ का पहाडी काछमा पनि डिपबोरिङ जडानका लागि जियोलोजिकल डाटा भूमिको तल्लो सतहमा पानीको अवस्था परीक्षण गर्ने प्रणाली गरेर सम्भावनाबारे अध्ययन गरी रहिएको कार्कीको भनाइ छ । यो काम भूमिगत जलसिँचाइ डिभिजन कार्यालय महोत्तरी जलेश्वरका विज्ञले गर्दै आएका छन् ।
पूर्वपश्चिम राजमार्गभन्दा दक्षिण भेगको बर्दिवास–७ मा गत वर्ष एउटा डिपबोरिङ जडान सफल भएपछि यसपालि सातवटा प्रस्ताव स्वीकृत भएका हुन् । अब आउने आव २०७८/७९ का लागि अहिलेदेखि नै थप जडानका लागि प्रयत्न थालिएको कार्कीले बताए ।
तराईमा अहिले सञ्चालन गरिएको डिपबोरिङले प्रतिसेकेण्ड ४० लिटर पानी दिने गरेको विज्ञ बताउँछन् । यो पानीको प्रवाह व्यवस्थित गरिँदा सैद्धान्तिकरूपमा एउटा बोरिङले ६० बिघा सिञ्चित हुने मान्यता राखिए पनि १०० बिघासम्म हुनसक्ने कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा ९धनुषा० का इञ्जिनीयर साह बताउँछन् ।
भूमिको सतहभित्र १०० देखि १५० मिटरसम्म गहिरोमा पानीको राम्रो सतह भेटिने गरेको साहको भनाइ छ । अहिले यस्ता बोरिङ जडानमा मोटर व्यवस्थापनसहित एउटामा २५ लाखसम्म लागत देखिएको कार्यालयले जनाएको छ ।
सिँचाइ सुविधाकै अभावले महोत्तरीमा आम किसानले अपेक्षित उत्पादन लिन नसकेका अवस्था छ । डिपबोरिङ जडानको सफलताले खासगरी जिल्लाको उत्तरी क्षेत्रमा कृषि उत्पादनमा नयाँ क्रान्ति नै आउने आम किसानले आस सँगालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे सात महिना पछिको वर्षाले किसानलाई राहत
बैशाख २५, २०८१ मंगलबार
अनुदान पाएसँगै व्यवसायिक बाख्रापालनमा चेपाङ समुदाय
बैशाख २५, २०८१ मंगलबार
चितवनका केराले बजार पाएपछि व्यवसायी हर्षित
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार