तपाईकाे साप्ताहिक राशीफल [ पौष २६ गते आईतबारदेखि माघ ०३ गते शनिबारसम्म ]
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार १७:६:२१
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- बुधबार बिहानसम्मको समय मध्यम रहेकोले लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुनसक्छ । सामाजिक कामको सिलसिलामा व्यस्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मानसम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ, ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपाईको सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने भएपनि आफ्नै साथीहरुबाट आलोचना खप्नु पर्नेछ । बुधबार दिउँसोबाट समय उत्तम रहेकोले नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ प्रकृतिको काम गर्ने वातावरण बन्नेछ । पढाइ लेखाइमा तपाईको नाम अग्रस्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्गे लाभ लिन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- साताको सुरु र अन्तको समय राम्रो रहेकोले महत्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपस्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुची बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिरतिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्वन्धित व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । सोमबार दिउँसोबाट शुक्रबार साँझसम्मको समय मध्यम रहेकोले परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ । सवारी साधन तथा यात्रा गर्दा बिशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले माया प्रेममा अविश्वास बढ्नेछ भने पतिपत्नी बीच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी थोरै हुनेछ भने आज लगानी नगर्नु नै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुने हुँदा एक्लोपनको महशुस हुनेछ । पहिलेका सम्झौता भङग हुनेछ भने साझेदारहरु बीच भनाभन हुने योग रहेको छ । पढाइ लेखाइमा अल्छी गर्नाले नतिजा भनेजस्तो आउने छैन । विलाशी सामान प्राप्तिको योग भएपनि तपार्ईँकाे आफ्नै कारणले टरेर जानेछ । बुधबार दिउँसोबाट शुक्रबार साँझसम्मको समय मध्यम रहेकोले ऋण, रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । खानपानमा बिशेष ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । आफन्त तथा दिदीबहिनीसँग साना साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु होला । आजको दिन मध्यम रहेको छ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो): साताको सुरु र अन्तको समय मध्यम रहेकोले समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरी चेलीमाईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । सोमबारबाट शुक्रबारसम्मको समय उत्तम रहेकोले व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे नाफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दुरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेको छ । सवारी साधन तथा भौतिक सम्पति हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- बुधबार बिहानसम्मको समय मध्यम रहेकोले सोचेको कामहरु तत्काल गर्न नसकिने हुँदा समयले तपार्ईँलाई पछि छाड्नेछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला, अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा फक्रिदै गरेको कोपिलाहरु चुडिने अधिक सम्भावना रहेको छ । बुधबार दिउँसोबाट समय राम्रो रहेकोले बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण, रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेको छ । राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्रस्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलार्ई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकी सहजमार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापमा भाग लिन सकिनेछ । सोमबार दिउँसोबाट शुक्रबार दिउँसोसम्मको समय मध्यम रहेकोले खानपानमा बिशेष ध्यान दिनुहोला, पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेको छ । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाव सिर्जना हुने योग रहेको छ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- साता मिश्रित रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकीहरुसँगको सम्वन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ । तरपनि राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोशिश गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेको छ । सामाजिक मानसम्मानमा आघात पुग्ने योग रहेको छ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धनसम्पति प्राप्त हुने हुँदा सुखसागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई बिगतका कमजोरीलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुन: जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । बित्तीय क्षेत्रसँग सम्बन्धित पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपार्ईँलाई सम्झनेछन् । सोमबार, मंगलबार र शनिबारको समय मध्यम रहेकोले वादबिवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु हावी हुनाले हरेक कामहरु प्रभावित हुनेछन् । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआने हुनाले याे साता यस्ता क्रियाकलापमा सामेल नहुनुहोला । पुराना रोग तथा ऋणहरु पुन: बल्झने हुँदा मान;lक तनाj बढ्नेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ):- कामहरु स्वत स्फुर्त रुपमा अगाडl बढ्नेछन् । व्यापार व्यावासाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ । तरपनि बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला, बोलLको गलत अर्थ लाग्ने तथा तपार्ईँको निर्णय तपार्ईँ आफैलाई आत्मघाती हुनसक्छ । खानपानमा ध्यान नदिदाF स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । लामोदुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोगमार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । सोमबार दिउँसोबाट बुधबार बिहानसम्मको समय मध्यम रहेकोले गलत काम भुलेर पनि नगर्नुहोला, नराम्रो परिणाम भोग्नु पर्नेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ, सचेत रहनुहोला । घरायसी कुरामा आफन्तहरु बीच मनमुटाव सिर्जना हुनेछ भने माया प्रेममा गडबढ हुने योग रहेकोछ । लामोदुरीको विदेश यात्रा हुने तथा विदेशमा हुनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- साताको सुरु र अन्तको समय राम्रो रहेकोले सांगीतिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनेजस्तो सफलता हुने हुदा मन प्रशन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतीको गतिलो योग रहेको छ । बुधबार दिउँसोबाट शुक्रबार साँझसम्मको समय मध्यम रहेकोले स्वास्थ्यमा गडबढी आई दैनिक कामकाज बिग्रने खतरा रहेको छ, सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केही समय पर्खनु राम्रो रहेको छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले तथा नचाहँदा नचाहँदै टाढिनु पर्दा मनमा नरमाईलो लाग्नेछ । तरपनि बिदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुशी हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नेछ । कामको सवालमा विशिष्ट व्याक्तिहरुसँग भेटघाट हुनेछ । आफन्त,घरपरिवार तथा साथीभाईहरुकाे सहयोग पाईनाले मन प्रशन्न रहनेछ । प्रेममा रमाउन चाहने जोडीहरुका लागि समय फलदायी रहेको छ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरीको योग रहेको छ । कृषि व्यावसाय, पशुपालन व्यावसायमा पनि लगानी गरी आम्दानी बढाउन सकिनेछ । तरपनि यात्रा गर्दा र भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । तपाईको याे साता शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको साप्ताहिक राशीफल [ साउन १ गते आइतबारदेखी साउन ०७ गते शनिबारसम्मको ]
साउन १, २०७९ आइतबार
तपाईको साप्ताहिक राशीफल [ असार २६ गते आइतबारदेखी असार ३२ गते शनिबारसम्म ]
असार २६, २०७९ आइतबार
तपाईको साप्ताहिक राशीफल [ असार १९ गते आइतबारदेखी असार २५ गते शनिबारसम्मको ]
असार १९, २०७९ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार