आसन्न निर्वाचनलाई लक्षित मतदानस्थल र केन्द्र पुनवलोकन गरिँदै
नेपालबहस संवाददाता
पुस २९, २०७७ बुधबार २१:४६:१५
२९ पुष, वाग्मती । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आसन्न निर्वाचनलाई लक्षित गरी जिल्लामा आवश्यक काम अघि बढाएको छ । कार्यालयले मतदानस्थल र केन्द्रको पुनरवलोकन तथा प्रत्येक स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कामको तयारी थालेको जनाएको छ ।
अघिल्लो निर्वाचनमा तय गरिएका मतदानस्थल र केन्द्रको पछिल्लो अवस्था साथै आवश्यक स्थानमा पुनरालोकनका लागि काम अघि बढाइएको जिल्ला मतदानस्थल पुनरावलोकन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार अघिल्लो निर्वाचनको अवस्था हेर्दा मकवानपुरमा एउटा मतदानस्थलमा बढीमा आठ हजार २०० सम्म मतदाता सङ्ख्या रहेको थियो । यद्यपि अहिलेको समय सन्दर्भमा मतदातालाई पर्ने पायक स्थानमा व्यवस्थापन गर्ने गरी मतदानस्थल र केन्द्रकोे व्यवस्थापन गरिने योजना रहेको प्रजिअ रिजालले भने।
यसैगरी जिल्लाको सबै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यका लागि काम अघि बढाएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । सोअनुसार आगामी माघ १५ गतेदेखि सबै स्थानीय तहमा १०-१० सहायक नाम दर्ता अधिकारी खटाइने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेपछि त्यस विषयमा जिल्ला निर्वाचन कार्यालय मकवानपुर आफ्नो तयारी शुरु गरेको जनाएको हो । आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तय भएसँगै मकवानपुरमा निर्वाचनका निमित्त आवश्यक अन्य तयारी तथा प्रक्रिया अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मकवानपुरका प्रजिअ गोविन्दप्रसाद रिजालको संयोजकत्वमा रहने जिल्ला मतदानस्थल पुनरावलोकन समितिको बैठकसमेत सम्पन्न भएको बताइएको छ । सो बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरस्थित स्थानीय तहका प्रमुख, जिल्ला सुरक्षाप्रमुख तथा निर्वाचन कार्यालयका कर्मचारीको बैठकमा सहभागिता रहेको थियो ।
विसं २०७४ मा सम्पन्न निर्वाचनमा मकवानपुरमा १६४ मतदानस्थलमा ३२४ मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार आसन्न निर्वाचनमा मकवानपुर जिल्लामा करीब दुई लाख ७२ हजार ४७८ जना मतदाता हुने प्रारम्भिक अनुमान छ । मतदाता सङ्ख्या तथा दूरीको हिसाबले मतदान केन्द्र तोकिएको थियो ।
यसअघि निर्वाचन आयोगले मतदान केन्द्रको मापदण्ड निर्वाचन कार्यालयमा पठाइसकेको जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख पौडेलले भने । उनले मतदान केन्द्र मापदण्डअनुसार मतदानस्थल परिवर्तन हुन सक्ने भए अर्को बैठकमा पेश गर्ने बसेको समितिको बैठकले निर्णय गरेको जानकारी दिए । माघ १० गतेसम्म स्थानीय तहका राजनीतिक दलका व्यक्ति स्थानीयवासीसँग छलफल गरेर मापदण्डअनुसार मतदान केन्द्र थपघट तथा फेरबदल हुन सक्ने उनले भने ।
स्थानीय तहबाट मतदान केन्द्र पायक पर्ने स्थानमा भए अर्थात् मापदण्ड पुग्ने भए मतदान केन्द्र परिवर्तनलाई जिल्ला मतदान केन्द्र पुनरावलोकन समितिले निर्वाचन आयोगलाई सिफारिस गर्नेछ । प्रजिअको संयोजकत्वमा रहने मतदान केन्द्र पुनरावलोकन समितिको बैठक आगामी माघ १० गतेभित्र बस्ने भएको छ । सरकारले निर्वाचनको घोषणा गरेपछि स्थानीय तहमा आमजनताबीच निर्वाचनको विषयमा छलफल तथा विचार विमर्शहरु शुरु भएको पाइएको छ । अहिले सर्वोच्च अदालतमा फैसलाका क्रममा रहे पनि देशलाई राजनीतिक निकास दिन निर्वाचन नै उत्तम विकल्प रहेको हेटाैँडावासीको भनाइ छ ।
प्राध्यापक ललित दासले निर्वाचनमा जाने विषयलाई सबै दलले स्वीकारसमेत गरेको देखिएकाले निर्वाचनलाई नकार्न नसकिने विचार व्यक्त गर्नुभयो । यस्तै स्थानीय हरिप्रसाद रिजालले स्थायी शान्तिका लागि दलहरु सहमत हुनुपर्ने र विकासको बाटोमा लाग्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार