१८.५० प्रतिशत लाभांश पारित गर्न नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो बिहीबार साधारण सभा
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार १८:३४:३३
४ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले १३ प्रतिशत बोनस सेयर र ५.५० प्रतिशत नगद लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित सभा बोलाएको हो ।
साथै, अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले अधिकृत पुँजी बढाएर १८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश गर्नेछ ।
यस्तै, बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
साधारण सभा गर्न बैंकले पुस २२ गतेदेखि माघ ८ गतेसम्म बुक क्लोज गरेको छ । पुस २१ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । सभामा भिडियो कन्फ्रेन्सका माध्यमबाट पनि सहभागी हुन सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार