नेपाल पुलिस स्कूल र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर
नेपालबहस संवाददाता
माघ ४, २०७७ सोमबार १:५३:१९
४ माघ, काठमाडौं । नेपाल पुलिस स्कूल र अखिल नेपाल फुटबल संघ ‘एन्फा’ बीच ‘नेपाल पुलिस स्कूल फुटबल एकेडेमी’ स्थापनार्थ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आज एक समारोहबीच नेपाल पुलिस स्कूल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाही र अखिल नेपाल फुटबल संघ ‘एन्फा’ का अध्यक्ष कर्माछिरिङ शेर्पाले समझदारीपत्रमा हस्ताक्षर गरे ।
उक्त समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल पुलिस स्कूललाई सहकार्यका लागि एन्फाले छनोट गरेकोप्रति आभार प्रकट गर्दै समझदारीपत्रमा व्यक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन दुवै पक्ष गम्भीरतापूर्वक लाग्ने विश्वास व्यक्त गरे । फुटबलको विकासमा योगदान पु¥याउन प्रहरीमा थप अभिभारा आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले यसलाई सकारात्मकरुपमा लिई आफ्नो भूमिका निर्वाह गर्ने वचनबद्धता व्यक्त गरे ।
उक्त अवसरमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाल प्रहरीको गौरवमय इतिहासमा थप नयाँ कामको थालनीमा सहभागी भई सँगसँगै जान पाउँदा खुशी व्यक्त गरे । एकेडेमीको स्थापनापश्चात् नेपाल प्रहरीको प्रतिनिधित्व गर्ने नेपाल पुलिस क्लबले एएफसी कप क्लब लाइसेन्सका लागि तोकिएको मापदण्डमध्ये अधिकांश मापदण्ड पूरा भई लाइसेन्स प्राप्त गर्न सहज हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार