वाणिज्य बैंकहरुले कति दिदैछन् निक्षेपको ब्याज, कुनको कति ?
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार १८:२८:४४
५ माघ, काठमाडौं । यतिबेला वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको रिपोर्टलाई हेर्दा निक्षेपको ब्याजदर घटेकाे पाइन्छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै मुद्दति निक्षेपको माथिल्लो र बचतको न्यूनतम ब्याजबीचको अन्तर ५ पूतिशत भन्दा बढी हुन नहुने नीतिगत घोषणा गरेको थियो । बैंकहरूले मुद्दति निक्षेपमा धेरै र साधारण बचतमा कम मात्र ब्याज दिन थालेपछि हस्तक्षेप गर्न यस्तो व्यवस्था अघि सारिएको हो ।
यसको मुख्य उद्देश्य बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर थप तल नझारुन् भन्ने पनि हो । तर, व्यवहारमा भने उल्टो प्रभाव देखिएको छ । बचतको ब्याजदर माथि जाने कुनै सम्भावना नै देखिएको छैन ।
बरु निरन्तर घटिरहेको छ । केही महिना पहिलासम्म साधारण बचतमा ६.५ प्रतिशत सम्म ब्याज दिँदै आएका बैंकहरु अहिले एकाएक घटाएर १.५ प्रतिशतसम्म ल्याएपछि सर्वसाधारण निक्षेपकर्ता त्रसित बन्न पुगेका छन् ।अधिक तरलताकाबीच राष्ट्र बैंकले बचतको ब्याजदर धेरै घट्न नदिनका लागि ल्याएको नीतिले प्रचावकारी भएको देखिदैन्। यतिबेला निक्षेपको ब्याजदर अझै घट्छ कि भन्ने चिन्ता समेत सुरु भएको छ ।
यता बैंकले बचतको ब्याजदर घटाउदा सेयर बजारलाई भने प्रत्यक्ष फाइदा पुग्ने भएको छ । ब्याजदर निकै न्यून विन्दुमा आएका बेला सेयर बजार भने क्रमशः माथि जाने गर्छ । दैनिक १/२ अर्ब कारोबार भइरहेको शेयर बजारमा यतिबेला ८/९ अर्ब जति कारोबार हुन् थालेको छ । विगतका यसैबीच, बैंकहरुले सार्वजनिक गरेका निक्षेप र कर्जाको नयाँ ब्याजदर हेरौं
कृषि विकास बैंक
माघ १ गतेबाट लागू हुने गरेर कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतको न्यूनतम ब्याज ३.५० प्रतिशत निर्धारण गरेको छ भने अधिकतम ब्याजदर ५ प्रतिशत छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.२५ प्रतिशत कायम गरेको छ । मुद्दतिको न्यूनतम ब्याजदर ६.२५प्रतिशत निर्धारण भएको छ । बैंकको मंसिर मसान्तसम्मको आधारदर ८.४८ प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशत सम्म प्रिंमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने बैंकले जानकारी दिएको छ ।
नेपाल बैंक
नेपाल बैंकले बचतको न्यूनतम ब्याज २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत तोकेको छ । असोज मसान्तसम्म बैंकको आधार दर ६.८१ प्रतिशत छ । यसमा १ प्रतिशत देखि ४.६६ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । यता, स्थिर कर्जाको ब्याजदर ९.३५ प्रतिशत देखि १३.९३ प्रतिशत सम्म छ ।
एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले बचतको ब्याजदर १.५० प्रतिशत मात्र दिने जनाएको छ । सार्वजनिक नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ६.५० प्रतिशतसम्म ब्याज पाइनेछ । बैंकको मंसिर मसान्तसम्मको आधार दर ६.६ प्रतिशत छ । यसमा ७ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले १३ प्रतिशत देखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले बचतको ब्याजदर ०.५० प्रतिशतदेखि ३ प्रतिशत तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ६.५० प्रतिशत र न्यूनतम ३ प्रतिशत निर्धारण गरेको छ । यता, बैंकको मंसिर मसान्तसम्मको बेस रेट ७.९३ प्रतिशत छ । यसमा न्यूनतम १.५० प्रतिशत देखि अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।
नबिल बैंक
नबिल बैंकले बचतमा न्यूनतम १.५० प्रतिशत देखि अधिकतम ३.५० प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले व्यक्तिगत मुद्दतिमा अधिकतम ६.५० प्रतिशत ब्याज दिने भनेको छ । यो एक वर्षभन्दा बढी समयको मुद्दतिको ब्याजदर हो । ३ महिना अवधिको मुद्दति ब्याजदर ४ प्रतिशत निर्धारण गरेको छ । यता, बैंकको मंसिर मसान्तसम्म बेस रेट ६.१ प्रतिशत छ । यसमा ५ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाका लागि बैंकले न्यूनतम ८.४९ प्रतिशतदेखि ११.५० प्रतिशत सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज २.५० प्रतिशत र अधिकतम ४.५० प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । अघिल्लो महिना एक वर्षभन्दा माथिको मुद्दति निक्षेपको लागि बैंकले ८ प्रतिशत ब्याजदर दिएको थियो ।
यता, बैंकको मंसिर मसान्तसम्मको आधार दर ८.४७ प्रतिशत रहेको छ । यसमा ३ प्रतिशत देखि ६ प्रतिशत सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा दिइने बैंकको भनाई छ । यता, बैंकले घर कर्जाका लागि ११.४९ प्रतिशत देखि १२.९९ प्रतिशत स्थिर ब्याज दर निर्धारण गरेको छ ।
एनएमबि बैंक
एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर ३.१ प्रतिशत र अधिकतम ५.१ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८ प्रतिशत र न्यूनतम ५.७५ प्रतिशत निर्धारण गरेको छ । असोज मसान्तसम्मको अधारदर ७.८५ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५५ प्रतिशतदेखि अधिकतम १२.२४ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ६.५० प्रतिशत तोकेको छ । मंसिर मसान्तसम्म बैंकको आधार दर ६.५० प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।
हिमालयन बैंक
हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २ प्रतिशत र अधिकतम ४ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत र न्यूनतम ४ प्रतिशत निर्धारण गरेको छ । मंसिर मसान्तसम्मको अधारदर ६.८८ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.४९ प्रतिशत देखि अधिकतम १०.९९ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २ प्रतिशत देखि अधिकतम ४ प्रतिशत सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७ प्रतिशत निर्धारण गरेको छ । मंसिर मसान्तसम्म बैंकको आधारदर ७.८२ प्रतिशत छ । यसमा बैंकले ६.५० प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ ।
मेगा बैंक
मेगा बैंकले बचतको न्यूनतम २ प्रतिशत देखि अधिकतम ४ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि पुस महिनामा बैंकले बचतको न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको थियो । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७ प्रतिशत रहेको छ । यो एक वर्षभन्दा धेरै मुद्दति निक्षेपका लागि हो । मंसिर मसान्तसम्म बैंकको आधार दर ७.५९ प्रतिशतछ । यसमा न्यूनतम अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्ने मेगाको भनाई छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७ प्रतिशत ब्याज निर्धारण गरेको छ । बैंकको असोज मसान्तसम्मको ब्याजदर ७.२५ प्रतिशत छ । यसमा ६ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुने बैंकले जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ७.९९ प्रतिशत अधिकतम १३.९९ प्रतिशत सम्म ब्याजदरमा कर्जा प्रवाह गर्ने बैंकले बताएको छ ।
सनराइज बैंक
सनराइज बैंकले बचतमा न्यूनतम २ प्रतिशत देखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज निर्धारण गरेको छ । मंसिर मसान्तसम्मको बैंकको आधार दर ७.२४ प्रतिशत रहेको छ । यसमा ६ प्रतिशत सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५० प्रतिशत देखि अधिकतम १३.५० प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।
प्रभु बैंक
प्रभु बैंकले बचतको न्यूनतम ब्याजदर २ प्रतिशत र अधिकतम ब्याजदर ४ प्रतिशत निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकको असोज मसान्तसम्मको आधारदर ७.३९ प्रतिशत कायम भएको छ । यसमा अधिकतक ४ प्रतिशत सम्म प्रिमियमथप गरेर बैंकले कर्जा दिने जनाएको छ । स्थिर ब्याजदरको लागि न्यूनतम ९.९९ प्रतिशत देखि अधिकतम ११.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
सिभिल बैंक
सिभिल बैंकले बचतको न्यूनतम ब्याज ३ प्रतिशत र अधिकतम ५ प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८ प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । त्यस्तै, तीन महिनासम्मको मुद्दति निक्षेपको ब्याजदर ५.५० प्रतिशत कायम भएको छ । यता, बैंकको मंसिर मसान्तसम्मको आधार दर ८.८८ प्रतिशत रहेको छ । यसमा ३ प्रतिशत देखि ६ प्रतिशत सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशत र अधिकतम ४ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७५ प्रतिशत र न्यूनतम ६ प्रतिशत निर्धारण गरेको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९ प्रतिशत देखि अधिकतम १२.९९ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २ प्रतिशत देखि अधिकतम ४ प्रतिशत सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ६ प्रतिशत र एक वर्ष माथि ७ प्रतिशत सम्म ब्याजदर दिन्छ । बैंकको मंसिरसम्मको आधार दर ७.७४ प्रतिशत छ । यसमा ५ प्रतिशत सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।
कुमारी बैंक
कुमारी बैंकले बचत खातामा न्यूनतम २ प्रतिशत देखि अधिकतम ४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५ प्रतिशत देखि ७ प्रतिशत सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७ प्रतिशत सम्म प्रिमियम तोकेको छ । बैंकको मंसिर महिनामा आधार दर ८.०१५ छ । बैंकले न्यूनतम १०.५० प्रतिशत देखि अधिकतम ११ प्रतिशत सम्ममा स्थिर कर्जा दिने जनाएको छ ।
सानिमा बैंक
सानिमा बैंकले बचतको ब्याज न्यूनतम २ प्रतिशत र अधिकतम ब्याजदर ४ प्रतिशत निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याजदर अधिकतम ६.५० प्रतिशत र न्यूनतम ५.५० प्रतिशत निर्धारण गरेको छ । यता, मंसिर मसान्तसम्मको आधार दर ६.९० प्रतिशत छ । यसमा ५ प्रतिशत सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्दै आएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचतको ब्याजदर २.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ६ प्रतिशत निर्धारण गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक ले बचतको ब्याजदर २.२५ र अधिकतम ४.२५ तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यता, बैंकको मंसिर मसान्तसम्मको बेस रेट ७.३४ प्रतिशत छ ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डू नेपाल एसबीआई बैंकले बचतको ब्याजदर २ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ६.५० प्रतिशत र न्यूनतम ३ प्रतिशत निर्धारण गरेको छ ।
नेपाल क्रेडिड एण्ड कर्मश
नेपाल क्रेडिड एण्ड कर्मश नेपाल एसबीआई बैंकले बचतको ब्याजदर ३.५ देखि ४.५ प्रतिशत तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ८.५ प्रतिशत निर्धारण निर्धारण गरेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २ प्रतिशत देखि अधिकतम ४ प्रतिशत सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६ प्रतिशत देखि अधिकतम ७ प्रतिशत सम्म ब्याजदर दिने भएको छ ।
यता, यसको मंसिर महिनामा आधार दर ७.५६ प्रतिशत छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा न्यूनतम ३.५० प्रतिशत देखि अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९ प्रतिशत देखि अधिकतम ११.४९ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार