ज्योति विकास बैंकद्वारा महाकाली अञ्चल अस्पताल र प्युठान जिल्ला अस्पताललाई बेबी वार्मर प्रदान
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार १७:१९:५४
६ माघ, काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धी ‘हाम्रो विकास प्रबर्द्वन कोष’ बाट महाकाली अञ्चल अस्पताल, कञ्चनपुर र प्युठान जिल्ला अस्पताल, बिजुवार प्युठानलाई एक–एक थान बेबी वार्मर प्रदान गरेको छ।
महाकाली अञ्चल अस्पताल र प्युठान जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।
महाकाली अञ्चल अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट महेन्द्रनगर शाखाका शाखा प्रबन्धक लक्ष्मण सिंह चोख्याल र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप केसीद्वारा संयुक्त रुपमा महाकाली अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।
प्युठान जिल्ला अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका क्षेत्रीय प्रमुख कपिल न्यौपाने, बैंकका बाग्दुला शाखाका शाखा प्रबन्धक दीपक खड्का र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप केसीद्वारा संयुक्त रुपमा प्युठान नगरपालिका–४ प्युठानका वडाअध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारी,प्युठान अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सबु काफ्ले र अस्पताल व्यवस्थापक राजन घिमिरेलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।
नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट महाकाली अञ्चल अस्पताल र प्युठान जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्। सो कार्यक्रमको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट पीपीई र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री समेत अस्पताललाई प्रदान गरिएको थियो।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषु मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।
बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा ‘न्यानो नानी’ (बेबी वार्मर) बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि रु ८ लाख प्रदान गरेको थियो।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब रु ४५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब रु ३७ अर्ब ५९ करोड लगानी गर्न सफल भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार