राजसंस्था र हिन्दुराष्ट्र कायम गर्न संविधान संशोधन आवश्यक: अध्यक्ष लोहनी
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार २१:१५:५९
७ माघ, राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तालिप्सा र भ्रष्टाचारको कारण देश अराजकतातर्फ धकेलिएको बताएका छन् । उनले सरकार चौतर्फी रुपमा असफल भएको कारण नेपाल अहिले विदेशीहरुको क्रिडास्थल बनेको दावी गरे ।
ओली सरकारले संविधानमा कतै नभएको काल्पनिक प्रवाधान प्रयोग गरि विघटन गरेको संसद पुर्णतया असंवैधानिक रहेको उल्लेख गर्दै सर्वोच्च अदालतलाई संविधानको सर्वोच्चता कायम गर्ने ऐतिहासिक अवसर समेत आएको उल्लेख गरे ।
पार्टीको जिल्ला स्तरिय भेलालाई सम्वोधन गर्न सप्तरीको राजविराज पुगेका नेता लोहनीले नेपालको राष्ट्रियताको जग बलियो बनाउन राज्यका विभिन्न अंगमा आदिवासी, जनजाति, दलित, मधेसी र खसआर्यको समानुपातिक उपस्थिति अनिवार्य रहेको बताउँदै यसप्रति हालसम्मका स्वघोषित क्रन्तिकारी सरकारहरुको ध्यान नजानु आश्चर्य रहेको बताएका छन् ।
साथै डा. लोहनीले राष्ट्रिय एकतालाई बल पु¥याउन संविधान अन्तरगतको राजसंस्था र नेपाली पहिचानको निमित्त हिन्दुराष्ट्र कायम गर्न संविधानको संशोधन आवश्यक रहेको समेत बताए । उक्त जिल्ला स्तरिय सभा राप्रपा सप्तरीका अध्यक्ष उमदेश्वर साहको सभापतित्वमा सम्पन्न भएको छ ।
सभालाई राप्रपाका नेताहरु रामचन्द्र राय, भोला साह, श्याम तिमिल्सिना, जनकराज पाठक, राजु लोहनी लगायतले सम्वोधन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार