भूकम्प प्रभावित ८५ विद्यालय भवन पुनःनिर्माण सम्पन्न
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार १८:४५:३८
८ माघ, लमजुङ । यहाँ भूकम्पबाट क्षति पुगेका ८५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएका छन् । भूकम्पबाट क्षति पुगेका १२७ विद्यालयमध्ये ६० प्रतिशतको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) लमजुङले जनाएको छ ।
सो विद्यालय पुनःनिर्माणका लागि रु ६२ करोड खर्च भएको एकाई प्रमुख अशोक पराजुलीले जानकारी दिए । उनका अनुसार साउदी अरेबियका दूतावासबाट भवन पुनःनिमार्णका लागि आएको रु १२ करोड, गैरसकारी संस्था र विद्यालय व्यवस्थापन समितिमार्फत गरी भवन पुनःनिर्माणका लागि आएको कूल रु एक अर्ब १२ करोडमध्ये उक्त रकम खर्च भएको छ ।
एक सय २७ विद्यालयमध्ये १६६ भवन पुनःनिर्माण हुने र तीमध्ये ८५ वटा भवनको पुनःनिर्माण सम्पन्न भइसकेको र ८१ भवन निर्माणाधीन अवस्थामा रहेको इकाइ प्रमुख पराजुलीको भनाइ छ । उनका अनुसार पुनःनिर्माण सम्पन्न भइसकेका विद्यालय भवनमध्ये २० कोठे भएका तीन वटा विद्यालय भवन गैरसरकारी संस्था गोरखा वेयलफेरयले निर्माण गरेको छ । तीसंस्थाले चार वटा विद्यालय भवनको पुनः निर्माण गुर्नपर्ने छ ।
साउदी सरकारले बनाउन लागेको चार वटा विद्यालय भवन निर्माणाधीन रहेको इकाई प्रमुख पराजुलीको भनाइ छ । उनले भने, “३२ वटा शौचालय निर्माण सम्पन्न भइसकेको छ भने ३६ वटा शौचालय निर्माणाधीन अवस्थामा रहेको छ ।” त्यस्तै, ३७ वटा खानेपानी धारा निर्माण गर्नुपर्नेमा ती सबै निर्माणाधीन अवस्थामा रहेको इकाइले जनाएको छ ।
चालू आर्थिक वर्षमा ८१ विद्यालय भवन, ३६ शौचालय र ३७ खानेपानी धाराको पुनःनिर्माण गर्ने लक्ष्य लिएको प्रमुख पराजुलीको भनाइ छ । जिल्लामा विद्यालय भवन पुननिर्माण आर्थिक वर्ष २०७३/७४ बाट शुरु भएको थियो ।
उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेकोमा निर्धारित समयमै सम्पन्न हुन लागेको इकाइ प्रमुख पराजुलीले जानकारी दिए । जिल्लामा कूल ३५२ सामुदायिक विद्यालय रहेकोमा १२७ विद्यालयमा भूकम्पले क्षति पुर्याएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा
असोज ११, २०८१ शुक्रबार
देशका यी नदीहरूको जल सतह बढ्ने, सतर्क रहन आग्रह
असोज ११, २०८१ शुक्रबार
सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित
असोज १०, २०८१ बिहिबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
नख्खु खोलाले बगाएर ल्याएका एक सशस्त्र प्रहरीका उद्दारकर्ताको सफल रेस्क्यु
असोज १२, २०८१ शनिबार
भारी वर्षाका कारण देशभर धन जनको क्षति, प्रभावितको उद्दारका लागि सुरक्षाकर्मी परिचालन
असोज १२, २०८१ शनिबार
डब्लुएचओको प्रतिवेदन भन्छ, मोबाइल फोनको प्रयोगले क्यान्सर हुँदैन
असोज १२, २०८१ शनिबार
नक्खु खोलाले बगाउँदा चार जना बेपत्ता
असोज १२, २०८१ शनिबार
अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
असोज १२, २०८१ शनिबार
भोटेकोसीले बगायो लार्चाको पुल, तातोपानी नाकासँग टुट्यो सम्पर्क
असोज १२, २०८१ शनिबार