लाइसेन्सकाे अनलाइन फाराम शुक्रबारदेखि खुल्ने
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार २१:४९:१३
८ माघ, काठमाडौं । लाइसेन्सका लागि अनलाइन फाराम शुक्रबारदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबारदेखि सवारी साधन चालक अनुमतिपत्र ‘लाइसेन्स’का लागि अनलाइन फाराम खुलाउने भएको हो । सिस्टममा खराबी आएपछि विभागले अनलाइन फाराम बन्द गरेको थियो ।
शुक्रबारबाट फाराम भर्न सकिने विभागले जानकारी दिएको छ । अनलाइन फाराम सुचारु गरेसँगै यसअघि लगाइएको कोटा प्रणाली समेत हटाइएको छ । अब जतिसुकै सेवाग्राहीले पनि लाइसेन्सका लागि आवेदन दिन पाउने बताएको छ ।
यसअघि कोभिड(१९ को कारण देखाउँदै लाइसेन्सका लागि खुलेको आवेदनमा कोटा प्रणाली लगाइएको थियो । कोटा प्रणाली लागू गरेको भन्दै विभागको चौतर्फी आलोचना समेत भएको थियो ।
अनलाइन फाराम भर्दा एसएमएस सेवा भने तत्कालको लागि बन्द भएको छ । यो सेवा अवरूद्ध भएकाले दर्ता नम्बर सुरक्षित गरि सम्बन्धित कार्यालयसँग सम्पर्क राख्न विभागले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार