पठाओ नेपालद्वारा ग्राहक र राईडरहरुलाई बीमा प्रदान गर्न साझेदारी पत्रमा हस्ताक्षर
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार २३:३८:२०
९ माघ, काडमाडौं । पठाओ नेपाल प्रालि राईड शेयरिंग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर र चालकहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनी लि सँग पौष ८, २०७७ मा साझेदारी पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त साझेदारी अन्तर्गत राईडको दौरान कुनै पनि ग्राहक तथा राईडररचालकहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु ५ लाखसम्मको बीमा रकम प्राप्त गर्नेछन् ।
यसको साथै कुनै पनि ग्राहक तथा राईडररचालकहरुले १ लाख सम्मको दुर्घटना उपचार बीमा पनि पाउँनेछन् । यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरु सहित निवेदन गर्नु पर्दछ । पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राईडररचालक साथीहरुले यो सुविधा लिन सक्नेछन् ।
‘हामी विगत २ वर्षदेखि हाम्रा ग्राहकहरु तथा राईडररचालकहरुको सुरक्षा सुनिश्चित गर्नका लागि बीमा सुविधा प्रदान गर्न निरन्तर लागि परेका छौं ।’ पठाओ नेपाल प्रा.लि का क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले भने ।
पठाओले नेपालमा आधिकारिक रुपमा सन् २०१८ सेप्टेम्बर २५ देखि आफ्नो सेवा विस्तार गरेको हो । पठाओ काठमाडौंकै ठुलो तथा लोकप्रिय राईड–शेयरिंग सेवा प्रदायक एप हो ।
यो एशियाकै सबैभन्दा तीव्र वृद्धि भएको टेक स्टार्टअफ मध्य एक हो जुन सर्वसाधारणको दैनिक यातायातको समस्याका लागि सर्वोत्कृष्ट समाधान विकास गर्न समर्पित छ । पठाओको दुई पाङ्ग्रे र चार पाङ्ग्रे राईड सेयरिंग सेवा छ र यसले हालै फुड डेलिभरी सेवा पनि शुरु गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार