चितवनमा विकास निर्माणको अवस्था नाजुक, विनियोजित बजेटको २१ प्रतिशत मात्र खर्च
नेपालबहस संवाददाता
माघ ९, २०७७ शनिबार १:१४:३७
९ माघ, चितवन । चितवनमा विकास निर्माणको अवस्था नाजुक देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा विकासका लागि आएको बजेटको २१ दशमलब ५२ प्रतिशत मात्र खर्च भएको हो ।
जिल्लामा विकास निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । जिल्लाको विकासका लागि संघीय सरकारले पठाएको रु ५ अर्ब ४० करोड २२ लाख ७७ हजार मध्ये ६ महिनामा रु १ अर्ब १६ करोड २८ लाख ७१ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका सूचना अधिकारी शरदचन्द्र शर्मा भट्टराईले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारबाट विनियोजित बजेट मध्ये विकास निर्माणका लागि निकासा भएको रकमको २० दशमलब ५५ प्रतिशत मात्र खर्च भएको छ । प्रदेश सरकारले विकासका लागि विनियोजन गरेको बजेट रु १ अर्ब ४८ करोड ८५ लाख १६ हजार मध्ये रु ३० करोड ५९ लाख २७ हजार मात्र खर्च भएको हो । कोरोना कहरका कारण विकास निर्माणमा केही ढिलाई भएको उनले बताए । अहिलेको समय बोलपत्र आव्हान गर्ने र सम्झौता गर्ने समय भएकाले पनि पूँजीगत खर्च अपेक्षाकृत हुन नसकेको बताइएको छ ।
कार्यालयका अनुसार जिल्लाबाट संघीय सरकारका लागि रु ७ अर्ब ८६ करोड ३७ लाख ९६ हजार राजस्व संकलन भएको छ । प्रदेश सरकारका लागि रु ४९ करोड ९३ लाख २६ हजार राजस्व संकलन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार