प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा एपीएफ र कर्णाली मैदानमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ १०, २०७७ शनिबार १३:४७:४
![](https://nepalbahas.prixacdn.net/media/albums/cricket-1_4MucjPJMoZ.jpg)
१० माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । समूह ए अन्तर्गत विभागीय टोली एपीएफ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।
समूह ए बाट अर्को विभागीय टोली त्रिभुवन आर्मीले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ भने प्रदेश १ र गण्डकी प्रदेश बाहिरिसकेको छ । अब एपीएफ र कर्णालीमा एक टिममात्र सेमिफाइनल पुग्नेछ । यसअघि लगातार दुई खेल जितेको एपीएफले कर्णालीलाई पराजित गरेमा समूहको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाउनेछ ।
कर्णालीले भने सेमिफाइनल सम्भावना कायमै राख्न एपीएफलाई पराजित गर्नुपर्नेछ । अनि अन्तिम खेलमा एपीएफ आर्मीसँग पनि फराकिलो अन्तरले हार्नुपर्नेछ । तर एपीएफलाई हराउनु कर्णालीको लागि ठूलो चुनौती छ ।
आर्मी र प्रदेश १ सँग पराजित भएको कर्णालीले गण्डकीलाई हराएको थियो । एपीएफले भने प्रदेश १ र गण्डकीलाई पराजित गरेको थियो । यस समूहको अन्तिम खेल माघ गते आर्मी र एपीएफबीच हुनेछ ।
यस्तै समूह बी अन्तर्गत लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । यसअघि एक खेलमा जित र एक हारको नतिजा निकालेको लुम्बिनीका लागि सेमिफाइनल सम्भावना कायम राख्न जित आवश्यक छ ।
समूह ए मा बागमती ३ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने ३ खेलमा ४ अंक जोडेको पुलिस दोस्रो स्थानमा छ । सुदूरपश्चिम यसअघिका दुवै खेलमा पराजित हुँदैछ अन्तिम स्थानमा छ ।
लुम्बिनीसँग पराजित भएमा सुदूरपश्चिम समूहको अन्तिम खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकप जितेपछि द्रविडले भने: खेलाडीको रुपमा जित्न सकिन, प्रशिक्षक बनेर जिते
असार १६, २०८१ आइतबार
राशिद खान : शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
अदालतको निषेधाज्ञाका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन सकिएन : प्रहरी
असार १७, २०८१ सोमबार
कामपाले सुरु गर्यो स्थानीय पेयपदार्थको सम्भाव्यता अध्ययन
असार १७, २०८१ सोमबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
विवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार