धार्मिक पहिचानको प्रबर्द्धन गर्न ‘उत्तरबाहिनी’ भजन
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार १७:५२:५
११ माघ, स्याङ्जा । धार्मिक रूपमा पहिचान हुन नसकेको स्याङ्जा जिल्ला गल्याङ नगरपालिका १ मालुङ्गाको महालिंग धाम उत्तरबाहिनी क्षेत्रको धार्मिक पहिचान भएसंगै पछिल्लो समय यहाँ धर्मावलम्बीहरूको घुइँचो लाग्ने गरेको छ ।
धार्मिक ग्रन्थ अनुसार उत्तरतर्फ बगेको कालीगण्डकीको विशेष महत्त्व हुने भएतापनि पछिल्लो समयमा मात्रै यसको चर्चा हुन थालेको हो । यो ठाउँ हाल ‘उत्तरबाहिनी ‘ नामले परिचित भएको छ । यही उत्तरबाहिनीको धार्मिक महत्त्व झल्काउने गरि उत्तरबाहिनी भजन बजारमा आएको हो ।
हिन्दु धर्मको महत्व बोकेको पर्यटकको घुइँचो लाग्ने लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशको संगमस्थल उत्तरबाहिनीको प्रचारप्रसारको लागि बजारमा ल्याइएको भजनमा प्रेम न्यौपाने तथा तुलसी प्रभासको शब्द रहेको छ भने गायकहरु अमित सापकोटा, प्रेम न्यौपाने, खेमराज पौडेल, शिवा केसी, दामोदर भण्डारी, सीता थापा मगरले आवाज दिएका छन् ।
स्याङ्जाको मालुङ्गा र पाल्पाको हुँगीको सीमामा अवस्थित उत्तरबाहिनी क्षेत्रको महत्त्वलाई समेटेर तयार पारिएको भजनमा रिता बस्याल न्यौपानेले निर्देशन गरेकी छिन् भने उक्त भजनको व्यवस्थापकीय पाटो चैतन्यकृष्णले हेरेका छन् । भजनमा विपिन तिवारी, सञ्जु न्यौपानेसँगै कालीगण्डकी गुरुकुलका विद्यार्थीहरूको अभिनय रहेको छ ।
विगत पाँच वर्षदेखि चैतन्यकृष्णको नेतृत्वमा यस क्षेत्रलाई धार्मिक,सांस्कृतिक तथा वैज्ञानिक केन्द्र बनाउने उद्देश्यले श्री कालीगण्डकी ज्ञान–विज्ञान प्रतिष्ठानको स्थापन गराई विभिन्न कामहरू अघि बढिरहेको छ ।
देशको एक मात्र अंग्रेजी माध्यममा पठाइ हुने प्रविधियुक्त आधुनिक गुरुकुल स्थापना गरेको प्रतिष्ठानको आगामी उद्देश्य प्राकृतिक एवं आयुर्वेदिक चिकित्सा केन्द्र, योग तथा साधन केन्द्र, खोज तथा अनुसन्धान केन्द्र, धार्मिक-संस्कृतिक संग्राहलय आदिको स्थापना मार्फत् वैज्ञानिक ऋषि उत्पादन गर्ने रहेको संस्थाका अध्यक्ष चैतन्यकृष्णले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार